अनुमति लिएर मात्र लगानी ब्यवस्थापनको कार्य गर्न धितोपत्र बोर्डको निर्देशन

Jun 24, 2019 06:56 PM Merolagani



नेपाल धितोपत्र बोर्डले धितोपत्र ब्यवसाय (लगानी व्यवस्थापन) अनुमति लिएर मात्र लगानी ब्यवस्थापको कार्य गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिएको छ।

लगानी व्यवस्थापनको कतिपय संस्थाहरुले धितोपत्र ब्यवसाय कार्य गर्ने अनुमतिपत्र प्राप्त नगरि गैरकानूनी रुपमा लगानी व्यवस्थापकको कार्य गरेकाे भन्ने गुनासो आएको र यस्तो कार्य गैरकानूनी भएको जनाएको छ । बोर्डले सोमबार बिज्ञप्तिमार्फत बोर्डबाट अनुमति प्राप्त नगरी लगानी व्यवस्थापन नगर्न/नगराउन चेतावनी दिएको छ। 

लगानी ब्यवस्थापन सम्बन्धि कार्य गर्न चाहने संस्थाले धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा ५६ को उपदफा १ अनुसार अनिवार्य रुपमा बोर्डबाट अनुमति लिनुपर्ने र उपदफा २ बमोजिम कसैले पनि अनुमति नलिई धितोपत्र ब्यवसाय गर्न नपाउने भन्ने स्पष्ट ब्यवस्था रहेको भन्दै अनुमति लिएर मात्र सेवा उपलब्ध गराउन भनेको छ ।

यसैगरि बोर्डले अनुमति प्राप्त नगरेका संस्थाबाट लगानी गर्दा लगानीकर्ताको लगानी समेत जोखिममा पर्न सक्ने भन्दै बोर्डबाट अनुमति लिएको छ कि छैन एकिन गरेर मात्रै सेवा लिन आम सर्वसाधारणमा सचेत गराएको छ ।

बोर्डबाट हालसम्म २९ वटा संस्थाहरुले लगानी व्यवस्थापन कार्य गर्न अनुमति पाएका छन्:-




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।