ढुंगानाले चार वर्षका लागि धितोपत्र बोर्डको कमाण्ड सम्हाले, यस्ता छन् उनका सुधार योजना

Jan 10, 2020 03:15 PM Merolagani



नेपाल धितोपत्र बोर्ड (सेबोन) का नव नियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले पुस २५ गते, शुक्रबार पदभार ग्रहण गरेका छन्। शुक्रबार अर्थमन्त्री युवराज खतिवडाबाट उनले शपथ ग्रहण गरी धितोपत्र बोर्डको कार्यालय गएका हुन्।

अध्यक्ष भई कार्यालय पुगेका ढुंगानालाई कार्यकारी निर्देशकद्वय परिष्ठनाथ पौडेल र निरज गिरीले फुल गुच्छा तथा मालाले स्वागत गरेका थिए। कार्यालय पुगेपश्चात बोर्डका ६ जना कार्यकारी तथा उप कार्यकारी निर्देशकहरुले उनलाई बोर्डको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए। धितोपत्र बजारसम्बन्धित विषयलाई लिएर उनी आज अर्थमन्त्रालय जाँदैछन्।

सरकारले उनलाई चार बर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ढुंगानालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। ढुंगानासँग तीन दशकभन्दा बढी वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ। यसभन्दा पहिले ढुंगाना धितोपत्र बोर्डको विज्ञ सदस्यको रूपमा सञ्चालक समिति सदस्य रहेका थिए।

शेयरबजारका लगानीकर्ताले समग्र पूँजीबजार सुधार तथा विस्तारको अपेक्षा नवनियुक्त अध्यक्ष ढुङ्गानासँग गरेका छन्।

पूँजी बजार सुधारका लागि ढुंगानासँग गरिएको कुराकानी केहीबेरमा।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।