सेञ्चुरीलाई साना कम्पनी प्राप्तीको फाइदा लाभांश क्षमता ७४.६७ प्रतिशतले बढ्यो

Aug 15, 2018 Merolagani



सेञ्चुरी बैंक (CCBL) ले गत आर्थिक बर्षको चौथो त्रैमासमा ८७ करोड ५७ लाख रुपैयाँ लाभांश क्षमता बनाएको छ । बैंकले अघिल्लो बर्ष रहेको ५० करोड १३ लाख लाभांश क्षमतालाई ७४.६७ प्रतिशतले बढाएको हो । साना कम्पनीहरूलार्इ प्राप्तिले बैंककाे व्यवसाय विस्तार हुँदा उल्लेख्य प्रगति बढेकाे हाे ।

गत आर्थिक बर्षमा बैंकले एक अर्ब १० लाख रूपैयाँ नाफा कमाएकोमा राष्ट्र बैंकको व्यवस्था बमोजिम १२ करोड ५२ लाख रुपैयाँ रेगुलेटरी एड्जस्टमेन्ट पश्चात बैंकले ८७ करोड ५७ लाख वितरण योग्य लाभांश क्षमता बनाएको हो ।

बैंकले असार मसान्तसम्ममा ६१ अर्ब ४९ करोड ८१ लाख रूपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ६३ करोड ८३ लाख कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा निक्षेप ४३.६४ र कर्जा विस्तार ३९.१७ प्रतिशतले सुधार भएको छ ।

साना कम्पनीहरू अल्पाइन, इनाेभेटिभ र अरनिकाे डेभलपमेन्ट बैंक तथा सगरमाथा र सेती फाइनान्स प्राप्तीले बैंकको व्यवसाय विस्तारमा सहयोग पुग्दा खुद व्याज आम्दानी बढेपश्चात खुद नाफा बढ्न सहयोग पुगेको छ ।

अघिल्लो आर्थिक बर्षमा एक अर्ब २२ करोड ६५ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले अहिले एक अर्ब ९३ करोड ५६ लाख पु¥याएको छ । सञ्चालन नाफा ९८ करोड ८६ लाखबाट सुधार भएर एक अर्ब ३१ करोड ५५ लाख पुगेको छ ।

बैंकले ५ अर्ब ४६ करोड ६ लाख चुक्ता पूँजीलाई ८ अर्ब ६ करोड ३४ लाखमा पु¥याउँदा सो अनुरूपको कमाई नहुँदा प्रतिशेयर आम्दानीमा भने सामान्य गिरावट भएको छ । गत बर्षको चौथो त्रैमासमा १३ रूपैयाँ ०३ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले ११ रूपैयाँ ४७ पैसामा सीमित भएको छ ।

बैंकको जगेडा कोष एक अर्ब ५० करोड ४४ लाखबाट एक अर्ब १० करोड २० लाख रूपैयाँमा खुम्चिएको छ । साना कम्पनी प्राप्ती गरेपनि बैंकले खराब कर्जा अनुपात समीक्षा अवधिमा १.१५ प्रतिशतबाट ०.४ प्रतिशतमा घटाउनुलाई उसको सफलता नै मान्नुपर्छ ।

यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८ पैसा, आधार व्याजदर १२.०८ प्रतिशत, कोषको लागत ८.८६ प्रतिशत र मूल्य आम्दानी अनुपात १०.८६ प्रतिशत रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।