ङादी पावरले लाभांश प्रस्ताव गरेर बोलायो साधारणसभा

Aug 16, 2018 Merolagani

ङादी ग्रुप पावर कम्पनी (NGPL) ले गत बर्षको कमाईबाट नगद लाभांश प्रस्ताव गरेर साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीले दश प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेर भदौ २७ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।

अघिल्लो बर्ष कम्पनीले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिएको थियो । तर यसपालि भने नगद मात्रै दिने भएको छ । 

साथै कम्पनीले साधारण सभा प्रयोजनका लागि भदौ १४ गते शेयरधनी पुस्तीका बन्द गर्ने भएको छ । यस अनुसार ङादीको लाभांश पाउन भदौ १३ गतेभित्र सेयरधनी कायम हुनुपर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।