रुरल माइक्रोफाइनान्सले बैंक खातामा नै नगद पठाउने

Feb 04, 2018 Merolagani

रुरल माइक्रोफाइनान्स (RMDC) ले आईतबारदेखि गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १५ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा नै वितरण गर्ने भएको छ । लघुवित्तले नेपाल क्लियरिङ्ग हाउसको आईपिएस प्रणली मार्फत नगद लाभांश वितरण गर्ने जनाएको छ । 

यसरी प्रदान गर्ने लाभांश कर कट्टीपछि हुने आउने रकम जम्मा हुने र सेयरधनीको खाता रहेको बैंकको नियमानुसार कुनै शुल्क लाग्ने भए सो सेयरधनीले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ । सम्बन्धित सेयरधनीकाे खातामा नगद लाभांश रकमान्तर हुन नसकेकाकाे हकमा उनिहरूकाे निवेदनका अाधारमा एकाउण्ट पेयी चेक मार्फत भुक्त्तानी गरिने जनाइएकाे छ ।

डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीलाई नगद लाभांश पाउन अद्यावधिक गराउन आग्रह गरेको छ ।हालसम्म पनि सेयर डिम्याट नगराएका सेयरधनीलाई कम्पनीको सेयर रजिष्ट्रार सनराइज क्यापिटलमा हितग्राही खाता खोल्न लघुपिवत्तले अनुरोध गरेको छ ।

लघुवित्तको पुस २८ गते सम्पन्न १९ औं बार्षिक साधारण सभाले १५ प्रतिशत नगद तथा पाँच प्रतिशत बोनस पारित गरेको थियो । 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।