नाडेप लघुवित्तको सेयर सूचीकरणसँगै नेप्सेमा कारोबार पनि खुल्यो

Aug 23, 2018 Merolagani



नाडेप लघुवित्त वित्तीय संस्थाकाे अार्इपिअाे जारीपछि कायम १६ लाख कित्ता सेयर सूचीकृत गर्दै भदौ ७ गते बिहीबारदेखि नेप्सेमा कारोबार खुला भएको छ । नेपाल स्टक एक्सचेञ्जले नाडेपलाई कारोबारका लागि एनएडिईपि (NADEP) संकेत प्रदान गरेको छ । यहि संकेतमा बिहीबारदेखि कम्पनीको कारोबार सुचारू हुनेछ ।

नेप्सेले कम्पनीको कारोबारका लागि न्यूनतम मूल्य १९९ देखि अघिकतम ५९७ रुपैयाँ प्रदान गरेको गरेको छ । यहि रेञ्जमा कम्पनीको पहिलो कारोबार सुरु हुनेछ ।

धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेपले गत असारमा चार लाख ८० हजार साधारण सेयर (आईपिओ) जारी गरेको थियो ।

कम्पनी आईपिओपछि कायम १६ करोड पूँजीको शतप्रतिशत हकप्रद बिक्रीको तयारी कम्पनीको छ ।

लघुवित्तमा नबिल बैंक, विकास आयोजना सेवा केन्द्र, र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीको लगानी रहेको छ ।

वि. सं. २०७० माघ १५ गते स्थापना भएको लघुवित्तले प्रधान कार्यालय सहित ६२ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दे आइरहेको छ । उसले विभिन्न ३३ जिल्लामा लघुवित्त सेवा दिने अनुमति लिएको छ ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।