स्पर्श लघुवित्तको कारोबार खुल्यो, ओपनिङ्ग रेन्ज कति ?

May 06, 2019 Tirtha Raj Poudyal



स्पर्श लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार खुलेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिजो बैशाख २२ गते आइतबार ८ लाख २९ हजार ६३० कित्ता शेयरसूचीकृत भएपछि सोमबारदेखि कारोबार खुलेको हो ।

लघुवित्तको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १०० रुपैयाँ ३८ पैसा देखि अधिकतम ३०१ रुपैयाँ १४ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ। त्यस अनुसार सोमबार लघुवित्तको कारोबार खुल्नेछ ।

नेप्सेले कम्पनीको शेयर कारोबारका लागि एसपिएआरएस (SPARS) संकेत (सिम्बोल)  प्रदान गरेको छ । 

कम्पनीले गत फागुन २६ गते देखि २९ गतेसम्म आइपिओ निष्काशन गरि चैत १० गते बाँडफाँड गरेको थियो ।

लघुवित्तले कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण शेयर निष्काशन गरेकोमा ४ हजार १४८ कित्ता लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ छुट्टाएर दुई लाख ५२ हजार कित्ता सर्वसाधारणमा बिक्री गरेको थियो ।

आईपिओ बिक्री पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख पुगेको छ भने संस्थापक साधारण शेयर अनुपात ६२.५०ः३२.५० कायम भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले ६० लाख ३९ हजार नाफा आर्जन गरेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।