स्वाभिमान लघुवित्तको शेयर कारोबार सुरु, SMFBS संकेतमा कारोबार

Jun 11, 2019 Merolagani



स्वाभिमान लघुवित्त वित्तीय संस्थाको जेठ २८ गते (आज) देखि नेप्सेमा शेयर कारोबार खुला भएको छ। नेप्सेका अनुसार कम्पनीको शेयर कारोबारका लागि एसएमएफबीएस (SMFBS) कारोबार संकेत प्रदान गरिएको छ। मंगलबारदेखि यहि सिम्बोलमा कारोबार सुचारु भएको छ।

यसैगरि नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कम्पनीको नेटवर्थ न्यूनतम ९१ रुपैयाँ ८४ पैसादेखि अधिकतम नेटवर्थको तीन गुणा २७५ रुपैयाँ ५२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । मंगलबार यहि रेञ्जभित्र रहेर कम्पनीको शेयर खरिद बिक्री भएको छ।

कम्पनीले कारोबारका लागि सोमबार एक लाख ९८ हजार ६१० कित्ता आईपिओ सहित कूल ६ लाख १८ हजार ६१० कित्ता शेयर सोमबार नेप्सेमा सूचीकरण गरेको थियो।

रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्तले स्वाभिमान माइक्रोफाइनान्सले बैशाख २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणमा आईपिओ बिक्रीमा ल्याएर जेठ ५ गते आइतबार बाँडफाँड गरेको थियो।

सो बाँडफाँडमा १८ हजार ५५८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले र २० कित्ता देखि पाँच हजार कित्तासम्म आवेदन गरेका भाग्यमानी ७ आवेदकले ११ कित्ता आईपिओ प्राप्त गरेका थिए। बाँडफाँडको २३ दिनपश्चात कम्पनीको शेयर सूचीकरण भई कारोबारमा आएको हो।

चालु आवको तेस्रो त्रैमाससम्ममा लघुवित्तले एक करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरर प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ९६ पैसा कायम गरेको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।