एनएमबि बैंकको बिहीबारदेखि शेयर कारोबार खुल्यो, ओमका शेयरधनीलाई एक वर्षपछि राहत

Nov 07, 2019 10:53 AM Merolagani



एनएमबि बैंक (NMB) को ओम डेभलपमेन्ट बैंकसँग मर्जर गरेर एकीकृत कारोबार थालेको करिब डेढ महिना पश्चात कार्तिक २१ गते बिहीबारदेखि नेप्सेमा शेयर कारोबार खुला भएको छ।

नेप्सेमा बुधबार ओमतर्फको १ करोड ९१ लाख १५ हजार ७९० कित्ता शेयर स्वाप रेसियो अनुसारको समायोजन गरि एनएमबि बैंकको नाममा सूचीकरण भएसँगै बिहीबारदेखि नेप्सेमा (साबिकको ओमका शेयरधनीको पनि) एनएमबि बैंकको नाममा शेयर कारोबार खुला भएको हो।

नेपाल स्टक एक्सचेञ्जमा मर्जरपछि बिहीबारबाट दुबै बैंकको एनएमबि बैंकको नामबाट (NMB) संकेतमा शेयर कारोबार खुलेको हो। मर्जरपश्चात बैंकको पहिलो शेयर कारोबारको लागी नेपाल स्टक एक्सचेञ्जले ३५१ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ। सोहि रेञ्जलाई आधार मानेर बिहीबार बैंकको शेयर कारोबार खुल्नेछ।

एनएमबि बैंकको ओम डेभलपमेन्ट बैंकसँग मर्जरमा जानुअघि प्रतिकित्ता ३८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। उता ओम डेभलपमेन्ट बैंकको भने चौध महिनाअघि प्रतिकित्ता १९७ रुपैयाँमा शेयर कारोबार रोकिएको थियो।

एनएमबि र ओम १०० बराबर ७६ अनुपात स्वाप रेसियोमा मर्ज गरेका हुन्। जसअनुसार ओमको १०० कित्ता शेयर हुने लगानीकर्ताले एनएमबिको ७६ कित्ता शेयर पाएका छन् । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले असोज ११ गते शनिबारदेखि एनएमबी बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका थिए।

उता मर्जर तथा प्राप्ति प्रक्रियाका संलग्न रहेको कारण चौध महिनादेखि शेयर कारोबार रोकिएको ओम डेभलपमेन्ट बैंकका शेयरधनीले पनि आफ्नो बन्धक सम्पत्तिको कारोबार गर्न पाउँदा राहत पाएका छन्।

सुरुमा प्राइम बैकसँग प्राप्ती प्रकृयामा सम्झौता गरेसँगै ओम डेभलपेमन्ट बैंकको अन्तिम पटक ०७५ भदौ ३ गते नेप्सेमा कारोबार रोकिएको थियो। प्राइमसँगको सम्झौता सफल नभएपछि एनएमबिले ओमसँग गत जेठ २ गते मर्जर सम्झौता गरेको थियो। जेठ ५ गते कारोबार रोकिएको एनएमबि बैंकको भने साढे ५ महिना पश्चात कारोबार खुलेको हो।

एकीकृत बैंकको चुक्ता पूँजी चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ पुगेको छ। बैंकमा नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वामित्व रहेको छ। मर्जरअघि एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ र ओमको २ अर्ब ५१ करोड ५१ लाख रुपैयाँ रहेको थियो।

मर्जरपश्चात एनएमबी बैंकको कूल शाखा संख्या १६३, एटिएम १२८ र एक्स्टेन्सन काउण्टर ५ वटा पुगेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।