सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई नेप्सेमा कारोबार सुरु

Sep 26, 2019 10:44 AM Merolagani



सामूहिक लगानी कोष सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई असोज ९ गतेदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार सुरु भएको छ।

कूल एक अर्ब २० करोड रुपैयाँ बराबरको आकारमा सञ्चालित यस फण्डको १२ करोड इकाइ बुधबार कारोबारका लागि नेप्सेमा सूचीकृत गरिएको थियो। यससँगै नेप्सेले बिहीबारदेखि कारोबार खुला गरेको हो।

नेप्सेले इकाईको कारोबारका लागि एसआईजिएस२ (SIGS2)  कारोबार संकेत प्रदान गरेको छ । यसअनुसार अब सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईको असोज ९ गते पश्चात यहि सिम्बोलमा हुनेछ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ सिद्धार्थ क्यापिटलको व्यवस्थापन तथा सिद्धाथ म्युचुअल फण्डद्धारा सञ्चालित हुने चौंथो म्युचुअल फण्ड हो । फण्डको प्रबद्र्धक सिद्धार्थ बैंक रहेको छ ।

सिद्धार्थ क्यापिटलले गत साउन २३ देखि भदौ ५ गतेसम्म १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअलका इकाई सर्वसाधारणमा बिक्री गरेको थियो।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।