घोडीघोडा लघुवित्तको शेयर कारोबार खुल्यो, 'GGBSL' संकेतमा कारोबार

Sep 04, 2019 10:54 AM Merolagani



घोडीघोडा लघुवित्तको भदौ १८ गते बुधबारदेखि धितोपत्रको दोस्रो बजार (नेप्से) मा शेयर कारोबार खुला भएको छ। कम्पनीले मंगलबार दोस्रो बजारमा शेयर कारोबारको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आफ्नो शेयर सूचीकृत गराएसँगै बुधबारबाट शेयर कारोबार खुलेको हो।

नेप्सेले लघुवित्तको पहिलो शेयर कारोबारका लागि जिजिबिएसएल (GGBSL) कारोबार संकेत प्रदान गरेको छ। बुधबारदेखि लघुवित्तको यहि संकेतमा कारोबार हुनेछ।

त्यसैगरि नेप्सेले घोडीघोडा लघुवित्तको सुरुवाती कारोबारका लागि न्यूनतम ७७ रुपैयाँ १ पैसा देखि अधिकतम २३१ रुपैयाँ ३ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोहि रेञ्जलाई आधार मानेर बुधबार लघुवित्तको पहिलो कारोबार खुल्नेछ।

नेप्सेले हरेक कम्पनीलाई पहिलो कारोबरका लागि सो कम्पनीको प्रतिशेयर नेटवर्थलाई न्यूनतम कारोबार मूल्य र प्रतिशेयर नेटवर्थको तीन गुणासम्म अधिकतम ओपनिङ्ग रेञ्ज प्रदान गर्ने गरेको छ।

कम्पनीले मंगलबार प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २ करोड ७६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ७६ हजार २५० कित्ता शेयर सूचीकृत गराएको थियो।

घोडीघोडा लघुवित्तले प्रभु क्यापिटलको बिक्री प्रबन्धकत्वमा गत असार २० गतेदेखि १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओ असार २७ गते बाँडफाँड गरिएको थियो। लघुवित्तको आईपीओ भाग्यमानी १२ हजार ४ सय ५९ आवेदकले दश कित्ताका दरले पाएका थिए।

कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले कैलाली र कञ्चनपुर जिल्लाका ६ वटा शाखाबाट कारोबार गर्दै आएको छ। घोडाघोडी लघुवित्तले जारी पूँजीको ४८ प्रतिशत सार्वजनिक निष्काशन गरेको थियो।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।