घलेम्दी हाईड्रोपावरको कारोबार सुरु, अधिकतम ३०० रुपैयाँसम्मकाे ओपनिङ्ग रेञ्ज प्रदान

Feb 17, 2019 Merolagani



घलेम्दी हाईड्रोपावरको कम्पनीको फागुन ५ गते आइतबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला भएको छ। नेप्सेले हाइड्रोपावरको कारोबारको लागि जिएचएल (GHL) कारोबार संकेत प्रदान गरेको छ।

यस्तै नेप्सेले हाइड्रोपावरको पहिलो कारोबाका लागि न्यूनतम एक सय रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँसम्मको ओपिनिङ्ग रेञ्ज प्रदान गरेको छ। आइतबार यसै न्यूनतम १०० देखि अधिकतम ३०० रुपैयाँ रेञ्जभित्र रहेर कम्पनीको शेयर कारोबार सुचारु हुनेछ।

कम्पनीले शुक्रबार नेप्सेमा स्थानीय र सर्वसाधारणका लागि निष्काशन गरेकाे १६ लाख ५० हजार कित्ता आईपिओ सहित कूल ५५ लाख कित्ता शेयर कारोबारका लागि सूचीकरण गराएको थियो। 

 

 

घलेम्दी हाइड्रोको शेयर रजिष्ट्रार भिबोर क्यापिटल रहेकाे छ। कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आइपिओ गत माघ १ गते बाँडफाँड भएको थियो।

सम्बन्धित अन्य समाचारहरु:-

नेप्सेमा यस साता २ करोड १७ लाख कित्ता शेयर भयाे सूचीकरण, ८३ लाख ६४ हजार कित्ता बोनस

घलेम्दी हाईड्रोको शेयर व्यबस्थापनमा भिबोर क्यापिटल नियुक्त

घलेम्दीको आईपिओ बाँडफाँड, ८०% प्रतिशतले पाए ३० कित्ता

पुस १९ गतेदेखि साढे १५ करोडको आईपिओ जारी गर्न लागेको घलेम्दी हाइड्रोको यस्तो छ अवस्था




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।