घलेम्दी हाईड्रोको शेयर व्यबस्थापनमा भिबोर क्यापिटल नियुक्त

Jan 29, 2019 Merolagani



घलेम्दी हाइड्रो लिमिटेड (GHL) को शेयर ब्यबस्थापनमा भिबोर क्यापिटल लिमिटेड नियुक्त भएको छ। घलेम्दी हाइड्रो लिमिटेडका तर्फबाट सञ्चालक नारायण बाबु अधिकारी र भिबोर क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ तिमिल्सिनाले सो सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर गरेका हुन्।

घलेम्दी हाइड्रोले हालसालै १५ लाख ३३ हजार ७७० कित्ता सर्वसाधारण शेयर आईपिओ निष्काशन गरी माघ १ गते बाँडफाँड गरेको थियो ।

सहमतीसँगै उक्तकम्पनीको साधारण शेयर सुचिकरण भएपश्चात धितोपत्र केन्द्रीय निक्षप सेवा नियमावली, २०६७ को नियम २४ (७) बमोजिम शेयर सोझै हितग्राही खातामा जम्मा हुने कम्पनीले बताएको छ ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।