साञ्जेन जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल

Dec 31, 2018 Merolagani



साञ्जेन जलविद्युत कम्पनी (SJCL) लिमिटेड महाराजगञ्ज, काठमाण्डौंको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड कमलपोखरीलाई नियुक्त गरिएको छ ।

शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा जलविद्युत कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ तथा सनराइज क्यापिटलका तर्फबाट प्रम्ुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले पुस १६ गते सोमबार हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै साञ्जेन जलविद्युत कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण कार्यहरु सनराइज क्यापिटलले गर्नेछ । 

आयोजनाले आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दा र सर्वसाधारणहरुको लागि गरि कूल ९१ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्नेछ। जसमध्ये सर्वसाधारणहरुको लागि ५४ लाख ७५ हजार कित्ता शेयर र आयोजना प्रभावितका लागि ३६ लाख ५० हजार कित्ता निष्काशन हुनेछ ।

सो आईपिओ निष्काशन गर्न साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले सह–निष्काशन तथा बिक्री प्रबन्धक यसअघि नियुक्ति गरिसकेको छ ।

नागरिक लगानी कोषको जिम्मेवारीमा मार्फत निष्काशन हुने उक्त आईपिओमा सनराईज क्यापिटल र एनएमबि क्यापिटललाई सह–निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सामेल गराउने सम्झौता भइसकेको छ ।

पहिलाे चरणमा साञ्जेन जलविद्युत्त कम्पनीले गत फागुन ११ देखि ३० गतेसम्म तथा चैत ५ देखि १३ गतेसम्म कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताका र संस्थापक सेयर लगानी गर्ने संस्थाका कर्मचारीहरुका लागि सीमित साधारण निष्काशन गरेका थिए ।

सो आईपिओमा कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताले साञ्जेनमा ३० देखि ४० कित्ता शेयर प्राप्त गरेका छन् । उता संस्थापक सेयर लगानी गर्ने संस्थाका कर्मचारीहरुलाई ५० कित्तादेखि १५० कित्तासम्म साञ्जेनको शेयर बाँडफाँड गरिएको थियो ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।