नाडेप लघुवित्तद्धारा शेयर रजिष्ट्रार नियुक्त

Jul 18, 2018 Merolagani



नाडेप लघुवित्त वित्तीय संस्था (NADEP) ले आफ्नो शेयर रजिष्ट्रारमा नविल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गलाई नियुक्त गरेका छ । नबिल इन्भेष्ट मार्फत नै यसअघि साधारण सेयर निष्काशन गरेको लघुवित्त कम्पनीले उसैलाई शेयर रजिष्ट्रार निरन्तरता दिएको हो ।

शेयर रजिष्ट्रार नियुक्तसँगै लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेजी, नामसारि, धितोबन्धक, डिम्याट लगायत सेयरधनीको लगत अद्यावधिक लगायतका सबै कार्यहरु नबिल इन्भेष्ट नारायणचौर नक्साल मार्फत हुनेछ ।

लघुवित्तले असार १० गतेदेखि ४ करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता साधारण सेयर जारी गरेको थियो ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।