माउन्टेन हाईड्रोको शेयर रजिष्ट्रार चयन

Mar 22, 2019 Merolagani



माउन्टेन हाईड्रो नेपाल लिमिटेडले भिबोर क्यापिटल लिमिटेड थापाथलीलाई शेयर रजिष्ट्रार चयन गरेको छ। यससँगै माउन्टेन हाईड्रोको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने तथा शेयर रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने जस्ता शेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु भिबोर क्यापिटलले गर्नेछ।

सम्पूर्ण शेयरधनीहरु लगायत सर्वसाधारणको लागि कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु पनि भिबोर क्यापिटल मार्फत हुनेछ । 

माउन्टेन हाईड्रो नेपालले सिद्धार्थ क्यापिटल मार्फत गत फागुन २३ गतेदेखि २८ गतेसम्म आयोजना प्रभावित बासिन्दाबाट अवितरित ५ लाख ६६ हजार ११० कित्ता गरि कूल १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर निष्काशन गरि चैत ३ गते बाँडफाँड गरेको थियो ।

आईपिओमा आवेदक गरेका कूल ५० हजार ९३८ जना आवेदकमध्ये २३ हजार ९६५ आवेदकले ४० कित्ता र २६ हजार ९७३ आवेदकले ३० कित्ताका दरले शेयर पाएका थिए । यस आईपिओमा ४० हजार कित्ता सामूहिक लगानी कोषलाई र कर्मचारीहरुले ८ हजार ३२० कित्ता शेयर वितरण गरिएको थियो ।

माउन्टेनले पाँचथर जिल्लामा ४ अर्ब २८ करोड १७ लाख ६ हजार ८३१ रुपैयाँ लागतमा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आईपिओ जारी गरेपछि माउन्टेनको चुक्ता पूँजी एक अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको विवरणपत्र अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले प्रतिशेयर ६ रुपैयाँ १४ पैसा नोक्सानी व्यहोर्ने उल्लेख छ। आर्थिक वर्ष २०७६र७७ मा २ रुपैयाँ २८ पैसा र ०७७र७८ मा ३ रुपैयाँ ६३ पैसा वार्षिक प्रतिशेयर आम्दानी गर्ने कम्पनीको प्रक्षेपण छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।