मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

Aug 08, 2018 Merolagani



मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) को शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त भएको छ। साउन २२ गते बुधबार बनेपामा आयोजित एक समारोह बीच एसबिआई मर्चेन्टका तर्फबाट प्रबन्ध संचालक रमेश घिमिरे र लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीश्वर देवकोटाले यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै मिर्मिरे लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण कार्यहरु अब उप्रान्त नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्ने भएको छ । 

उक्त कम्पनीको शेयर रजिष्ट्रार (RTS) सम्बन्धि सेवा प्रारम्भ हुने मिति सार्वजनिक सूचना मार्फत सर्वसाधरण शेयरधनीहरुलाई जानकारी गराईने उल्लेख गरिएको छ ।

 




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।