नेशनल इन्स्योरेन्सको खुद नाफा १९ करोड रुपैयाँमा खुम्चियो

Sep 02, 2018 Merolagani

नेशनल इन्स्योरेन्स (NICLL) ले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा १८ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको यस अवधिको तुलनामा आठ करोड ६५ लाख रुपैयाँले कम हो । अघिल्लो वर्ष कम्पनीले २७ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

नेप्सेमा सूचीकृत नरहेको यस इन्स्योरेन्सले चौथो त्रैमास सम्ममा ८७ करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनीले ५६ करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

कम्पनीको कुल बीमा शुल्क आर्जन भने ८७ करोड ७७ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनीले ७५ करोड ७० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो ।

बीमा कोषमा ९८ करोड ९८ लाख सञ्चित राखेको कम्पनीको जगेडा कोष ३९ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।कम्पनीकाे महाविपत्ती जगेडा कोषमा दुई करोड ६५ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले पुर्नबीमा कमिशनवाट ९३ हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ भने पुर्नबीमा खर्च भने ५७ लाख २८ हजार रुपैयाँ गरेको छ ।

यस अवधिमा कम्पनीले दुई हजार ४३७ कुल दाबी वापत ९३ करोड ३४ लाख रुपैयाँ कुल भुक्तानी गरेको छ । यस्तै एक हजार २८४ दाबी वापत ६८ करोड ५७ लाख रुपैयाँको दाबी भुक्तानी हुन बाँकी छ ।

यस अवधि सम्म कम्पनीले ३१ हजार ८३७ जारी बीमालेख जारी गरेको छ । जस मध्ये नवीकरण गरिएको बीमालेखको संख्या १५ हजार ९२६ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।