आईएमई जनरल इन्स्योरेन्सको नाफा बढेपनि खुम्चियो प्रतिसेयर आम्दानी

Aug 16, 2018 Merolagani

आईएमई जनरल इन्स्योरेन्स (IGI) ले गत आर्थिक बर्षमा प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २५ पैसा कायम गरेको छ । चुक्ता पूँजी दोब्बर बनाएकाले इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३१ पैसाले संकुचन आएको हो ।

आर्थिक बर्ष २०७४/७५ मा आईएमई जनरल इन्स्योरेन्सले अघिल्लो बर्षको तुलनामा ४२.९८ प्रतिशत धेरै ४३ करोड ३२ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ । अघिल्लो बर्ष इन्स्योरेन्सले ३० करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । 

यस अवधिमा कम्पनीले ११ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले अझै ६ करोड ३१ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ । समीक्षा अवधिमा कम्पनीले ६९ हजार ३३६ बीमा लेखबाट एक अर्ब ७७ लाख कूल बीमा शुल्क आर्जन गरेको छ ।

गत आवमा कम्पनीले १६ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो बर्षको तुलनामा आठ करोड ५४ लाख बढी हो । २७ करोडको पूँजीलाई ५४ करोडमा बढाएको कम्पनीको जगेडा कोष आठ करोड १६ लाखबाट ११ करोड ५१ लाख पुगेको छ । उसको बीमा कोषमा १७ करोड ७९ लाख रुपैयाँ सञ्चित छ ।

दुई हजार ७७ लाख कुल दाबी भुक्तानी संख्यामा परेको २७ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने एक हजार ४३४ संख्याबाट परेको २४ करोड ४२ लाख भुक्तानी हुन बाँकी छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात २८.४८ गुणा रहेको छ प्रति सेयर नेटवर्थ १५४ रुपैयाँ २८ पैसा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।