नेपाल स्टक एक्सचेञ्जले बैंकको बोनसपछि प्रतिकित्ता शेयरमूल्य १९१ रुपैयाँ ६७ पैसा निर्धारण गरेको छ । समायोजन भएको यहि मूल्यका आधारमा आइतबार बैंकको सेयर कारोबार सुचारु हुनेछ ।
नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा बैंकको औसत आधारमूल्य १४५ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
बैंक सञ्चालक समितिको भदौ ११ गते सम्पन्न बैंठकले शेयरधनीहरुलाई गत बर्षको कमाईबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस तथा ७ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
महालक्ष्मीले लाभांश वितरणका लागि असोज २६ गते १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले अल इन वन मार्ट, क्राउन ब्यांकेट मिनभवनमा बिहान ११ बजे सभा डाकेको हो।
बैंकको साधारण सभाले २१ करोड ७ लाख ७ लाख ३ हजार ७९६ रुपैयाँ बराबरको बोनस र १८ करोड ४३ लाख ६५ हजार ८२१ रुपैयाँ नगद लाभांशका वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बोनसपछि महालक्ष्मीको चुक्ता पुँजी २ अर्ब ८४ करोड ४५ लाख ७९६ रुपैयाँ पुग्नेछ । बैंकको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।