राष्ट्र बैंकले मुद्दती निक्षेपमा एक अर्ब ३९ करोड लगानी गर्ने

Oct 03, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको एक अर्ब ३९ करोड २० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले एक वर्षे मुद्दती निक्षेपमा रकम राख्न चाहाने ‘क’,‘ख’ र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव माग गरेको छ ।

निक्षेप लगानी गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर सहित असोज १९ गत शुक्रबार अपरान्ह १ बजे सम्म शिलबन्दी दरभाउपत्र दिन सक्ने राष्ट्र बैंकले जानकारी गराएको छ ।

“क” वर्गका बाणिज्य बैंकहरुमा एक अर्ब ११ करोड ३७ लाख, “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा २० करोड ८७ लाख रुपैयाँ र “ग” वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ६ करोड ९६ लाख रुपैयाँसम्म निक्षेप लगानी गर्ने उल्लेख गरेको छ ।

बैंक तथा वित्त संस्थाहरुले रकम लिनका लागि आवेदन पेस गर्ने विभिन्न मापदण्ड समेत तोकेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा भएको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने राष्ट्र बैंकले शर्त छ ।

त्यसैगरी, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा बैंक सञ्चालन मुनाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको, बैंक तथा वित्तिय संस्था कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, सर्वसाधारणको लागि छुट्टाइएको शेयर जारी गरीसकेको हुनु पर्ने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।