हिमालय ऊर्जा विकास कम्पनीको आईपिओमा आवेदन खुल्यो

Oct 23, 2018 Merolagani

हिमालय ऊर्जा विकास कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासीन्दाका लागि आईपिओ निष्काशन गरेको छ । कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित बासीन्दाका कात्तिक ६ गते देखि आवेदन खुला गरेको हो। 

कम्पनीको आईपिओमा छिटोमा कात्तिक २० गते तथा ढिलोमा मंसिर ५ गतेसम्म आवेदन दिन पाईने छ ।

कम्पनीले ९ करोड ९० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरमा ९ लाख ९० हजार कित्ता आइपिओ जारी गरेको हो । निजी क्षेत्रबाट प्रवद्धित हिमालय ऊर्जाले पहिलो चरणमा १० प्रतिशत साधारण शेयर बिक्री खुल्ला गरेको हो । बिक्री प्रबन्धको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

उक्त आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

आयोजनाको अति प्रभावित क्षेत्र गोकुलगंगा गाउँपालिका वडा नंम्बर १ र जिरी नगरपालिका १ र २ का बासिन्दालाई ३ लख ९६ हजार कित्ता शेयर छुट्याएको छ । बाँकी ६० प्रतिशत अर्थात ५ लाख ९४ हजार कित्ता शेयर प्रभावित क्षेत्र गोकुलगंगा गाउँपालिकाको १ देखि ५ सम्म र जिरी नगरपालिकाको वडा नं ३ स्थानीयलाई बाँडफाँड गरिनेछ ।

आयोजना प्रभावित स्थानियले हिमालय उर्जा विकासको आयोजना स्थल रामेछाप गोकुलगंगा– १, सिद्धार्थ बैंकको रामेछाप गोकुलगंगा शाखा, प्राईम कमर्शियल बैंक जिरी शाखा, सेञ्चुरी कमर्शियल बैंक जिरी शाखा र एनएमबि बैंक दोलखा किर्ने शाखा मार्फत आवेदन बुझाउन सक्ने छन् ।

 आयोजना प्रभावित बासीन्दालाई शेयर निष्काशन गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती आयोजना निमार्ण गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।