तामाकोशीको आर्इपिओ तिहारपछि बाँडफाँड हुने, हरेकलाई ४० कित्ता निश्चित

Nov 07, 2018 Merolagani



माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आर्इपिओ)  मा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन्। कम्पनीले उपलब्ध गराएको अन्तिम विवरणअनुसार तामाकोशीको आर्इपिओमा ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको छ ।

कम्पनीको आईपिओमा परेको आवेदन सबै सदर भएमा २ लाख २१ हजार ७५५ जना आवेदकले ४० कित्ता तथा १ लाख २४ हजार ४११ जना आवेदकले ५० कित्ताका दरले शेयर पाउने देखिएको छ ।

कम्पनीले एक करोड ५८ लाख कित्ता शेयर निष्काशन गरेकोमा सामुहिक लगानी कोषलाई छुयाएर बाँकी रहेको एक करोड ५० लाख ९० हजार ७५० सर्वसाधरण आवेदकलाई बाँडफाँड हुनेछ ।

नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट नभएका नभएका शेयर आवेदन भने रद्द हुनेछ ।

कम्पनीले यही कात्तिक १५ गतेदेखि कूल पूँजीको १५ प्रतिशतले हुन आउने रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । यही कात्तिक १९ गतेसम्म देशभरबाट आवेदन सङ्कलन गरेको थियो ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका थिए ।

शेयर आवेदन गर्ने सबैलाई दश कित्ता न्यूनतम शेयर दिनुपर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार नै बाँडफाँड हुने अवस्था रहेको छ ।

कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । कम्पनीले आगामी दुई साताभित्र शेयर बाँडफाँड गर्ने तयारी गरेको छ ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।