लिवर्टी ईनर्जी कम्पनीको आईपिओ एनआईबिएल एस क्यापिटलले निष्काशन गर्ने

Dec 18, 2018 Merolagani

लिवर्टी इनर्जी कम्पनीद्धारा प्रवर्द्धित माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको साधारण शेयर (आईपिओ) एनआईबिएल एस क्यापिटल मार्फत निष्काशन हुने भएको छ ।

प्रभावित स्थानीय तथा सर्वसाधारण समेतको लागि साधारण शेयर जारी गर्न प्रवर्द्धक कम्पनी लिवर्टी इनर्जी कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल बीच पुस २ गते साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको हो । 

उक्त सम्झौतापत्रमा प्रवर्द्धक कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

 

 

२२ करोड ५० लाखको आईपिओ सर्वसाधारणमा आउने

यस कम्पनीको हाल अधिकृत पूँँजी एक अर्ब ५० करोड रहेकोमा उक्त पूँजीको १० प्रतिशतका दरले हुन आउने १५ करोड बराबरको १५ लाख कित्ता शेयर उद्योग प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाहरुलाई निष्काशन हुनेछ ।

त्यसैगरि थप १५ प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणहरुमा जारी गर्ने योजना रहेको छ । यसरी शेयर जारी गरी बाँडफाँड गरे पश्चात कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी एक अर्ब ५० करोड पुग्नेछ ।

यस कम्पनीले हाल निर्माण गरिरहेको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना (DORDI) लमजुङ्ग जिल्ला स्थित दोर्दी गाँउपालिका (साविक फलेनी र ढोडेनी गा.वि.स) मा अवस्थित छ ।

लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको उक्त आयोजनाको हाल टनेल खन्ने कार्य सम्पन्न भई सो को फिनिसिङ्ग कार्य भईरहेको, पेनस्टक पाईप राख्ने काम अन्तिम चरणमा पुगिसकेको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको कार्य समेत अन्तिम चरणमा पुगेको र पावरहाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु साईट सम्म ढुवानी भईरहेको तथा जडानको लागि समेत तयारी भईरहेको छ ।

८५ प्रतिशत निमार्ण सम्पन्न, चैत्र मसान्तसम्म सक्ने लक्ष्य

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भई सकेको छ साथै आगामी चैत्र मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

उक्त आयोजनाको लागि इलेक्ट्रोमेकानिकल उपकरणहरु विश्वसनीय युरोपियन उपकरण निर्माता कम्पनी Andritz Hydro Pvt. Ltd बाट खरिद गरिएको छ । र यस आयोजनाबाट उत्पादित विद्युत करिब १०० मिटरको दुरीमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको किर्तिपुर स्थित सव–स्टेशनमा जोडिने छ ।

यस्ता छन् कम्पनी सञ्चालकहरु

यस कम्पनीको अध्यक्ष कुश कुमार जोशी तथा प्रवन्ध सञ्चालक आत्माराम घिमिरे रहेका छन् । साथै सञ्चालकहरु सुसिल थापा, राम बहादुर पाण्डे, राजेन्द्र वस्ती रहेका छन् ।

कम्पनीका सञ्चालकहरु देशको अग्रणी व्यापारिक समुह तथा अनुभवी उद्योग व्यवसायी साथै बैंक तथा वित्तिय संस्थामा पूर्व सञ्चालक रहेकाले आफ्नो सिप र ज्ञानको माध्यमबाट आयोजनालाई समयमै तथा कम लागतमै सम्पन्न हुने कम्पनीको विश्वास रहेको छ ।

उक्त आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग भएको सम्झौता अनुसार व्यापारिक उत्पादन गर्नुपर्ने मिति २०७६ भाद्र १४ भए तापनि आयोजनाको कार्य प्रगति हेर्दा कम्पनीको लक्ष्य भित्रै आयोजना सम्पन्न हुने देखिन्छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।