पाँच म्युचुअल फण्डको यस्तो छ भदौ र असोजको वित्तीय विवरणको तुलनात्मक स्थिति

Oct 29, 2018 Merolagani

सोमबार पाँच वटा सामूहिक लगानी कोषहरुले असोज महिनाको वित्तीय विवरण प्रकाशन गरेका छन् । एनएमबि म्युचुअल फण्डका दुई, एनआईबिएल म्युचुअल फण्डको दुई र सिबिआईएल म्युचुअल फण्डको वित्तीय विवरण प्रकाशन गरेको हो ।

असोज मसान्तको प्रतिवेदन अनुसार सिबिआईएल म्युचुअल फण्डद्धारा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ को सबै सूचक बढेका छन् भने अन्य चारवटाको धेरै सूचकमा गिरावट आएको छ । 

प्रतिइकाई सम्पत्ति मूल्य (NAV)

सिटिजन्स म्युचुअल फण्ड १ को प्रति इकाई खुद सम्पत्ति मुल्य बढेको छ भने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१, एनएमबि हाईब्रिड फण्ड एल–१, एनआईबिएल प्रगति फण्ड, एनआईबिएल समृद्धि फण्डको प्रति इकाई खुद सम्पत्ति मुल्य घटेको छ ।

सिटिजन्स म्युचुअल फण्ड १ को प्रतिइकाई सम्पत्ति मूल्य १२ पैसाले बढोत्तरी भएको छ भने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को सबैभन्दा धेरै दुई रुपैयाँ २४ पैसाले घटेको छ ।

एनएमबि हाईब्रिड फण्ड एल–१ को प्रतिइकाई सम्पत्ति मूल्य एक पैसा, एनआईबिएल समृद्धि फण्ड १४ पैसा र एनआईबिएल प्रगति फण्डको पनि १९ पैसाले घटेको छ ।

खुद सम्पत्ति 

खुद सम्पत्तिका आधारमा पनि सिटिजन्स म्युचुअल फण्ड १ को मात्र बढेको छ । सिटिजन्स म्युचुअल फण्ड १ को खुद सम्पत्ति भदौ मसान्तको तुलनामा असोज मसान्तमा ९१ लाख ५८ हजारले बढेको छ ।

उता एनएमबि हाईब्रिड फण्ड एल–१ को ४ लाख ६२ हजार, एनआईबिएल समृद्धि फण्डको एक करोड ३४ लाख ८९ हजार, एनआईबिएल प्रगति फण्डको एक करोड ४० लाख ७३ हजार र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को सबैभन्दा बढी १६ करोड ८० लाख ८४ हजार रूपैयाँले खुद सम्पत्ति घटेको छ ।

 

सूचीकृत शेयरमा लगानी

भदौ मसान्तको तुलनामा असोज मसान्तमा सिटिजन्स म्युचुअल फण्ड १ को ६ करोड ३८ लाख ५२ हजार रुपैयाँले सूचीकृत शेयरमा लगानी बढेको छ भने एनआईबिएल प्रगति फण्डकाे ४० लाख १७ हजार र एनआईबिएल समृद्धि फण्डको २२ लाख एक हजारले बढेको छ ।

उता एनएमबि हाईब्रिड फण्ड एल–१ को सूचीकृत शेयरमा गरिएको लगानी ३९ लाख २६ हजार र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को सबैभन्दा धेरै एक करोड दुई लाख १८ हजार रुपैयाँले गिरावट अाएकाे छ ।

आय/व्यय

पाँच म्युचुअल फण्डमध्ये सिटिजन्स म्युचुअल फण्ड १ को आम्दानी ९१ लाख ५८ हजार रुपैयाँले बढेको छ भने अन्य सबै फण्डको असोज मसान्तको आम्दानी भदौको भन्दा घटेको छ ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१को आम्दानी सबैभन्दा धेरै घटेको छ । फण्डको आम्दानी भदौ मसान्तको तुलनामा एक करोड ५७ लाख ९० हजार रुपैयाँले घटेको हो ।

एनआईबिएल प्रगति फण्डको एक करोड ४० लाख ७३ हजार, एनआईबिएल समृद्धि फण्डको एक करोड ३४ लाख ८९ हजार र एनएमबि हाईब्रिड फण्ड एल–१ को आम्दानी भदौ मसान्तको तुलनामा पाँच लाख ८२ हजार रुपैयाँले घटेको छ ।

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।