एनआईबिएल एस क्यापिटलका दुई म्युचुअल फण्डको यस्तो छ माघमा लगानी

Feb 24, 2019 Merolagani

एनआईबिएल एस क्यापिटलद्धारा सञ्चालित दुबै सामूहिक लगानी कोषहरु एनआईबिएल समृद्धि र प्रगति फण्डले आइतबार माघ मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन्। माघ मसान्तको वित्तीय विवरण अनुसार दुबै फण्डको खुद सम्पत्ति घट्दा प्रतिइकाई खुद सम्पति मूल्यमा गिरावट आएको छ। यस्तै यस अवधिमा दुबै फण्डको कूल आय ऋणात्मक रहेको छ।

एनआईबिएल समृद्धि फण्ड

पुस मसान्तको तुलनामा एनआईबिएल समृद्धि फण्ड (NIBSF1) को खुद सम्पत्ति दुई करोड एक लाख ४ हजार ७५६ रुपैयाँले घट्दा ९९ कररोड ६ लाख ७० हजार ५७० रुपैयाँमा झरेको छ।

फण्डको माघ मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १९ पैसाले घटेर ९ रुपैयाँ ९१ पैसामा खुम्चिएको छ। अघिल्लो महिना प्रतिइकाई खुद मूल्य १० रुपैयाँ १० पैसा थियो।

यस फण्डको ८७ वटा सूचीकृत कम्पनीको शेयरमा ७० करोड ७५ लाख लगानी रहेकोमध्ये नेपाल टेलिकममा शेयरमा धेरै लगानी रहेको छ। टेलिकमको ४६ हजार ३२० कित्ता शेयरमा ३ करोड २४ लाख २४ हजार बराबरको लगानी रहेको छ।

फण्डले २६ वाणिज्य बैंक, १० विकास बैंक, एक फाइनान्स, ८ जलविद्युत कम्पनी, २३ लघुवित्त संस्था, ४ जीबन बीमा कम्पनी, ७ निर्जीबन बीमा कम्पनी, दुई होटल तथा ६ वटा अन्य समूहका कम्पनीमा लगानी रहेको छ।

माघमा फण्डको सूचीकृत शेयरमा लगानी भने २ करोड ८४ लाख ७३ हजार रुपैयाँले घटेर ७० करोड ७५ लाख १३ हजार ४९५ रुपैयाँमा आएको छ । अघिल्लो महिना फण्डले ७३ करोड ५९ लाख ८६ हजार ५३१ रुपैयाँ लगानी गरेको थियो।

यस फण्डले मुद्धती निक्षेपमा ९ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिनाको तुलनामा मुद्दति निक्षेपमा कुनै परिर्वतन आएको छैन। यता, बैंक मौज्दात भने १ करोड ४३ लाख रुपैयाँले बढेर १५ करोड ६ लाख ६९ हजार रुपैयाँ पुर्याएको छ।

एक अर्ब आकारमा सञ्चालित सात वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस फण्डले माघ मसान्तमा एक करोड १५ लाख नोक्सानी व्यहोरेको छ । जबकी पुसमा फण्ड १५ लाख ८४ हजार मुनाफामा रहेको थियो।

एनआईबिएल प्रगति फण्ड

पुस मसान्तको तुलनामा एनआईबिएल प्रगति फण्ड (NIBLPF) को खुद सम्पत्ति एक करोड ७० लाख ८६ हजार ६७९ रुपैयाँले घट्दा ५५ करोड ८१ लाख २४ हजार ८२४ रुपैयाँमा झरेको छ।

एक अर्ब आकारमा सञ्चालित फण्डको माघ मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य २३ पैसाले घटेर ७ रुपैयाँ ४४ पैसामा खुम्चिएको छ। अघिल्लो महिना प्रतिइकाई खुद मूल्य ७ रुपैयाँ ६७ पैसा थियो।

यस फण्डको ७१ वटा सूचीकृत कम्पनीको शेयरमा ५३ करोड ७ लाख लगानी रहेकोमध्ये नेपाल बैंकको शेयरमा सबैभन्दा धेरै लगानी रहेको छ। नेपाल बैंकको एक लाख १५ हजार ५३९ कित्ता शेयरमा ३ करोड ३१ लाख ५९ हजार बराबरको लगानी रहेको छ।

फण्डले २२ वाणिज्य बैंक, ६ विकास बैंक, ७ जलविद्युत कम्पनी, १८ लघुवित्त संस्था, ४ जीबन बीमा कम्पनी, ७ निर्जीबन बीमा कम्पनी, दुई होटल तथा पाँच अन्य समूहका कम्पनीमा लगानी रहेको छ।

माघमा फण्डको सूचीकृत शेयरमा लगानी भने एक करोड ६३ लाख २९ हजार ४४४ रुपैयाँले घटेर ५३ करोड ७ लाख ३९ हजार ९२१ रुपैयाँमा झरेको छ । अघिल्लो महिना फण्डको ५४ करोड ७० लाख ६९ हजार ३६५ रुपैयाँ लगानी थियो।

यस फण्डले मुद्धती निक्षेपमा र वण्डमा कति पनि लगानी गरेको छैन। उसले सार्वजनिक निष्काशनमा र हकप्रदमा २४ लाख २५ हजार बराबरको लगानी गरेको छ। बैंक मौज्दात भने ४७ हजार ४४४ रुपैयाँले घटेर २ करोड ५५ लाख ५ हजार ९९६ रुपैयाँ सञ्चित छ।

७५ करोड आकारमा सञ्चालित सात वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस फण्डले माघ मसान्तमा दुई करोड ७६ लाख १५ हजार नोक्सानी व्यहोरेको छ। जबकी पुसमा फण्ड एक करोड ५ लाख २८ हजार मुनाफामा रहेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।