एनआईसी एशिया ग्रोथ फण्डको नबिल बैंक संस्थापकमा धेरै लगानी

Feb 24, 2019 Merolagani



- प्रतिइकाई खुद सम्पत्तिमूल्य भने १३ पैसाले खुम्चियाे।
एनआइसी एसिया ग्रोथ फण्ड (NICGF) को मूल्य माघ मसान्तको वित्तीय विवरण अनुसार ६५ वटा कम्पनीको सूचीकृत कम्पनीको शेयरमा लगानी रहेकोमा नबिल बैंकको संस्थापक शेयरमा सबैभन्दा धेरै लगानी रहेको छ ।

यस फण्डको नबिल बैंकको ४३ हजार ८६८ कित्ता संस्थापक शेयरमा ३ करोड २० लाख २३ हजार रुपैयाँ लगानी रहेको छ । फण्डकाे २२ वाणिज्य बैंक, ९ विकास बैंक, ८ जलविद्युत कम्पनी, १० लघुवित्त संस्था, ५ जीबन बीमा कम्पनी ८ निर्जीबन बीमा कम्पनी, एक होटल तथा दुई अन्य समूहका कम्पनीमा लगानी रहेको छ । 

शेयर बजारमा आएको गिरावटले फण्डको प्रतिइकाई खुद सम्पत्तिमूल्य भने १३ पैसाले घटेको छ । गत पुस मसान्तमा प्रतिइकाई खुद सम्पत्तिमूल्य १० रुपैयाँ ४९ पैसा रहेकोमा माघ मसान्तमा १० रुपैयाँ ३६ पैसामा खुम्चिएको छ ।

सात वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस फण्डको आकार ८३ करोड ५२ लाख रहेको छ । फण्डको माघ मसान्तको खुद सम्पत्ति ८६ करोड ५१ लाख ३४ हजार ५१६ रुपैयाँ रहेको छ । पुस मसान्तमा फण्डको ८७ करोड ५७ लाख ४४ हजार ५१८ रुपैयाँ खुद सम्पत्ति रहेको थियो ।

माघ मसान्तको वित्तीय विवरण अनुसार यस फण्डको सूचीकृत शेयरमा लगानी ४९ करोड ६३ लाख २० हजार ७२० रहेको छ । पुसको तुलनामा सूचीकृत शेयरमा लगानी १ करोड ८ लाख २ हजार रुपैयाँले घटेको हो।

यस्तै सूचीकृत नभएको शेयरमा २ करोड ४२ लाख ५६ हजार ४६७ रुपैयाँ, ऋणपत्रमा २ करोड ९४ लाख ५८ हजार ९४७ रुपैयाँ, मुद्धति निक्षेपमा ८ करोड ३५ लाख रुपैयाँ, बैंक मौज्दातमा २३ करोड २४ लाख ४८ हजार ७०७ रुपैयाँ रहेको छ । पुसको तुलनामा माघ मसान्तमा ९९ लाख ७ हजार ९९७ रुपैयाँले बैंक मौज्दात बढेको हो।

माघ मसान्तमा फण्डको कूल आय एक करोड ५७ लाख १४ हजार १०२ छ । पुस मसान्तमा कूल आय २ करोड ६३ लाख २४ हजार १०५ रहेको थियो।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।