शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफा ४८.६२ प्रतिशतले बढ्यो

Nov 04, 2018 Merolagani

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो खुद नाफा गत वर्षको तुलनामा ४८.६१ प्रतिशतले धेरै हो ।

गत वर्ष बैंकले ६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी वृद्धिले बैंकको खुद नाफा बढोत्तरीमा सहयोग पुगेको हो ।

बैंकको चुक्ता पूँजी एक अर्ब ६२ करोड २६ लाख रुपैयाँ छ भने जगेडा कोषमा ४२ करोड ८१ लाख रुपैयाँ सञ्चित गरेको छ ।

असोज मसान्तसम्म यस बैंकले १५ अर्ब २५ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

तीन महिना अवधिमा ४८ करोड ८१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले २८ करोड ६८ लाख रुपैयाँ ब्याज खर्च गर्दा २० करोड १३ लाख रुपैयाँ बैंकको खुद ब्याज गरेको छ । गत बर्ष यसै अवधिमा बैंकले १४ कराेड ६० लाख मात्र खुद ब्याज अाम्दानी कमाएकाे थियाे ।

बैंकले निष्कृय कर्जा अनुपात ०.११ प्रतिशत रहेको छ । बैंकको नाफा बढेसँगै प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९६ पैसा बढेर २३ रुपैयाँ ८५ पैसा पगेको छ ।

प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ३९ पैसा रहेको यस बैंकको मूल्य आम्दानी अनुपात ९.८५ गुढाले मात्र बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।