सूर्योदय लघुवित्तको प्रतिशेयर आम्दानी ४७ बाट २० रुपैयाँमा झर्यो

Nov 14, 2018 Merolagani

सूर्योदय लघुवित्त (SLBS) ले पूँजी वृद्धिको अनुपातमा कमाई बढाउन नसक्दा प्रतिशेयर आम्दानीमा भारी गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४७ रुपैयाँ ७३ पैसा रहेको प्रतिशेयर आम्दानी चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २० रुपैयाँ ५५ पैसामा झरेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्योदय लघुवित्तले ५५ लाख ४५ हजार खुद नाफा आर्जन गरेको छ ।

यो गत वर्षको यहि अवधिको तुलनामा ७ लाख ७२ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको यस अवधिमा लघुवित्तले ४७ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

लघुवित्तले यस अवधि सम्ममा चुक्ता पूँजी ४ करोडबाट १० करोड ७९ लाख रुपैयाँ पुर्याएको छ । लघुवित्तको पूँजी बढेको अनुपातमा खुद नाफा बढ्न नसकेको हो । जसका कारण लघुवित्तको प्रतिशेयर आम्दानीमा संकुचन आएको छ । यसले लगानीकर्ताले पाउने प्रतिफल क्षमता कमजोर बनेको देखाउँछ ।

यस्तै जगेडा कोषमा ५ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।

असोज मसान्तसम्ममा लघुवित्तले ४३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ९५ करोड ८० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । लघुवित्तले ५८ करोड ६० लाख रुपैयाँ सापटी समेत लिएको छ ।

यस अवधिमा कम्पनीले ४ करोड ५२ लाख व्याज आम्दानी तथा २ करोड ३३ लाख रुपैयाँ व्याज खर्च गरी २ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात १.१९ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ  ७१ पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।