इन्धनको मूल्य घट्दैछ !

Nov 18, 2018 Merolagani



नवीन ढुङ्गाना ।

नेपाल आयल निगमले पछिल्लो पटक गत असोज १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन ग¥यो । अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा हुने उतार चढाबसंगै नेपालमा पनि स्वचालित रुपमा इन्धनको मूल्य समायोजन गरिने प्रणाली अनुसार पेट्रोल, डिजल र मट्टीतेलको मूल्य त्यती बेला बढेको थियो ।

जस अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाईयो । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ ओरालो विन्दुमा छ तर नेपालमा इन्धनको मूल्य समायोजनबारे कुनै गुञ्जायस छैन् ।

नेपाल आयल निगमले मूल्य समायोजन गरेको दिन २०७५ असोज १ गते अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल डलर ८०.०५ सेन्ट थियो । तर त्यस यता अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो गतिमा छ ।

आइतबार (यो समाचार तयार र्पादासम्म) कच्चा तेलको अन्तराष्ट्रिय बजार मूल्य डलर ६६.७६ सेन्ट प्रतिब्यारेल हो ।

कात्तिक २७ गते मंगलबार (१३ नोभेम्बर) का दिन अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य डलर ६४.८५ थियो । यो मूल्य यस वर्षकै न्युन विन्दु मध्ये एक हो । त्यस यता कच्चा तेलको मूल्यमा सानो अकंको बदली मात्रै भएको छ ।

नेपाल आयल निगमले मूल्य समायोजन गरेको दिन देखि आइतबार (झण्डै दुई महिना अवधिमा ) सम्म प्रतिब्यारेल १६ डलर हाराहारीले कच्चा तेलको मूल्य अन्तराष्ट्रिय बजारमा सस्तो छ ।

 

नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्ला ?

अन्तराष्ट्रिय बजारमा घटेको मूल्यले आम सर्वसाधरणलाई लागेको छ नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घट्नेछ ।

हरेक १५ दिनमा प्राप्त हुने भारतीय आयल निगमसंगको औसत खरिद मूल्य पनि गत शुक्रबार सस्तीएर नै निमगलाई प्राप्त भएको छ ।

अन्तराष्ट्रिय बजारमा आएको पछिल्लो मूल्य गिरावट र आईओसीबाट प्राप्त मूल्यसूचीले निगम मूल्य समायोजनको दवावमा छ ।

आयल निगम स्रोतका अनुसार केही दिन भित्रै निगम सञ्चालक समितिको बैठक बस्दैछ । औपचारीक रुपमा सार्वजनिक नगरिएको आईओसीको नयाँ मूल्य सूची हेरेर निगमले केही दिनमा मूल्य समायोजनबारे निर्णय लिन सक्ने सम्भावना प्रवल छ ।

तर निगम घाटा घटाउने दाउमा

पछिल्लो महिना निगमको घाटा करिब १ अर्ब ६० करोड पुगेको निगम स्रोतको दावी छ । विगतमा प्रतिलिटर ९ रुपैयाँसम्म घाटा व्याहोरेर इन्धन आयत गरेको तर मूल्य समायोजन नगरेको निगमले दावी गरेको छ ।

चाड पर्वमा मूल्य नबढाउनु भन्ने राजनीतिक दवावका कारण स्वचालित मूल्य समायोजन प्रणाली विगतमा पटक पटक प्रभावित भएको र त्यसले निगमलाई ठूलो आर्थिक क्षति पुगेको निगमका एक अधिकारी बताउँछन् ।

घाटा बढ्दै जाँदा निमग सञ्चालन गर्नै कठिनाई हुने भन्दै अहिले सस्तोमा आयत भएको इन्धन जनतालाई महंगोमा बिक्री गरेर निगम पहिलेको घाटा घटाउने दाउमा रहेको ती अधिकारी बताए ।उनका अनुसार मन्त्रीले हस्तक्षेप गरेर समायोजनामा जान बल गरे अलग कुरा तर यथाअवस्थामा पेट्रोलियमको मूल्य घटाउने विषयमा निगम सकारात्मक छैन् ।

बैठक बस्दैछौँः नि.कार्यकारी निर्देशक भट्टराई

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले मूल्य समायोजनबारे निर्णय गर्न सञ्चालक समिति बैठक केही दिनमै बस्ने बताए ।

भट्टराईले भने 'मूल्य बढ्छ, घट्छ वा यथाअवस्थामै रहन्छ अहिले मैले केही भन्न मिल्दैन् हामी छिट्टै बैठक बस्दै छौँ ।'

संस्था पनि चलोस् जनताले पनि सहुलियतमा इन्धन पाउन भन्ने उद्येश्यमा निगम रहेको भट्टराईको भनाई थियो ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।