उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालयअन्तर्गत कार्यकारी निर्देशक छनौंट तथा सिफारिश समितिले गत शुक्रबार इच्छुक पाँच जनामध्येबाट तीन जनाको नाम उद्योगमन्त्री मातृका यादबलाई सिफारिस गरेको थियो।
सिफारीसमा परेका सुरेन्द्र प्रसाद पौडेल, तारानाथ पौडेल र अनिलकुमार झा मध्ये सुरेन्द्र प्रसाद पौडेललाई सरकारले कार्यकारी निर्देशक तोकेको हो । उनी चार्टर्ड एकाउन्टेन्ट हुन्।