सामुदायिक लघुवित्तकाे आईपिओ नतिजा मेराेलगानीमा हेर्नुहोस्

Nov 26, 2018 Merolagani



सामुदायिक लघुवित्तले (SAMUDAYIK) ले मंसिर २ गतेदेखि ५ गतेसम्म खुला गरेको साधारण शेयर सोमबार बाँडफाँड भएको छ। शेयर बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा बिहान बाँडफाँड गरिएको हो ।

आर्इपिओ बाँडफाँडमा २७ हजार ३०० जनाले गाेलाप्रथाबाट १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । दुई लाख ५५ हजार ३ १६ जनाले आईपिओमा आवेदन दिएकोमा २ लाख २८ हजार १६ जना शेयर बाँडफाँडमा नपरेकाे एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।  

नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा शिर्ष स्थानमा रहेको आईपिओ (IPO) शिर्षकभित्र रहेको आईपिओ रिजल्ट (IPO RESULT) मा जानुहोस् ।

त्यसपछि  आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी सामुदायिक लघुवित्त छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा अाफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी  बटन (SEARCH Botton) मा गएर आफूलाई आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ । 

 

 

लघुवित्तले कूल ३ लाख कित्ता अार्इपिअाे निष्काशन गरेकाे थियाे । जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलार्इ छुट्टाएर लघुवित्तले २ लाख ७३ हजार कित्ता शेयरमा सर्वसाधारणमा बाँडफाँड गरिएकाे हाे । 

संस्थाको आईपिओमा न्युनतम ५० र बढीमा एक हजार ५०० कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था गरिएको थियो ।

७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ निष्काशन पश्चात चुक्ता पूँजी दश करोड रुपैयाँ पुग्नेछ ।आईपिअाे निष्काशन पश्चात कम्पनीमा संस्थापक लगानीकर्ताको ७० प्रतिशत तथा साधरण लगानीकर्ताको ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । 

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।