आँधिखोला लघुवित्तको आईपीओ नतिजा मेरोलगानीमा हेर्नुहोस्

Jul 15, 2019 12:10 PM Merolagani



आँधिखोला लघुवित्तको साधारण शेयर (आईपीओ) को नतिजा मेरोलगानीमा प्रकाशित भएको छ। लघुवित्तको आईपीओमा गोलाप्रथाबाट ३७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

यो कूल आवेदक संख्याका १२.४८ प्रतिशत मात्र हो। उच्च मागका कारण आईपीओमा आवेदन गरेका ८७.५२ प्रतिशत अर्थात दुई लाख ६२ हजार ९१३ जनाले शेयर प्राप्त गर्न सकेनन्।आईपीओमाा आवेदन गरेका ५७९ वटा आवेदनबाट परेको ८ हजार ९७० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धकले जनाएको छ। 

आईपिओ नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा शिर्ष स्थानमा रहेको आईपिओ शिर्षकभित्र रहेको आईपिओ रिजल्ट अप्सन (IPO RESULT) मा जानुहोस्।

त्यसपछि आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी आँधिखोला लघुवित्त वित्तीय संस्था छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी बटन (SEARCH Botton) मा गएर आफूलाई आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ।

आईपीओमा कूल ३ लाख ९९२ वटा आवेदनबाट सर्वसाधारणमा माग भएको १४ गुणा बढी अर्थात ५२ लाख ५० हजार ६३० कित्ता माग परेको थियो। जसमध्ये आवेदन गरेका ५७९ वटा आवेदनबाट परेको ८ हजार ९७० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धकले जनाएको छ। लघुवित्तको आईपिओमा आवेदन गरेका ३ लाख ४१३ वटा आवेदनबाट परेको ५२ लाख ४१ हार ६६० कित्ता शेयरको माग सदर भएको थियो।

आँधिखोला लघुवित्त वित्तीय संस्थाले असार २२ देखि २५ गतेसम्म कूल कूल ४ लाख कित्ता शेयर निष्काशन भएकोमा लघुवित्तका कर्मचारीहरूका लागि ५ हजार र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता शेयर छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन माग गरिएको थियो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।