गणपतिको आईपिओ बाँडफाँड, ३१ हजार ३०८ जनाले पाए १० कित्ता

May 03, 2019 Merolagani



गणपति माइक्रोफाइनान्स (Ganapati) ले बैशाख ९ देखि १२ गतेसम्म निष्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ । लघुवित्तको आईपिओ ३१ हजार ३०८ जनाले गोलाप्रथाबाट १० कित्ता हात पारेका छन् ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम उक्त आईपिओ बाँडफाँड भएको हो । उक्त बाँडफाँडमा दुई लाख ९१ हजार ३०१ आवेदकले शेयर प्राप्त गर्न सकेनन्। 

आईपिओमा आवेदन गरेर सदर भएका ९.७० प्रतिशत आवेदकले शेयर प्राप्त गरेका छन् भने उच्च मागका कारण ९०.३० प्रतिशतले शेयर प्राप्त गर्न नसकेका हुन् ।

माइक्रोफाइनान्सको आईपिओमा ३ लाख २३ हजार ३०९ वटा आवेदनबाट सर्वसाधारणमा निष्काशन गरिएको शेयरको २०.९९ गुणा बढी ६५ लाख ७१ हजार ९० कित्ताको माग भएको थियो। जसमध्ये तीन लाख २२ हजार ६०९ आवेदकबाट माग ६५ लाख हजार ११० कित्ता शेयर सदर भएको थियो। ७०० वटा आवेदनबाट परेको १५ हजार ९८० कित्ता शेयरको माग रद्ध भएको बिक्री प्रबन्धकले जनाएको छ। कर्मचारीलाई आरक्षित गरिएको ५ कित्ता शेयर बिक्री नभएपश्चात सर्वसाधारणमा थपेर बाँडफाँड गरिएको हो । 

गणपति माइक्रोफाइनान्सले बैशाख ९ देखि १२ गतेसम्म जारी पूँजीको ३२.३० प्रतिशत अर्थात प्रतिकित्ता १०० रुपैयाँ दरमा कूल ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । जसमध्ये ५ हजार १७५ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो।

कर्मचारीलाई आरक्षित गरिएको ५ कित्ता शेयर बिक्री नभएपश्चात सर्वसाधारणमा थपेर बाँडफाँड गरिएको हो । 




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।