जोशी हाइड्रोकाे तपाईलाई कति कित्ता पर्याे शेयर ? मेराेलगानीमा हेर्नुहाेस् नतिजा

Dec 11, 2018 Merolagani



जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (JHDCL)को साधारण शेयर (आईपिओ) मंगलबार बाँडफाँड भएको छ। हाईड्रोपावरको शेयरमा आवेदन गर्ने कूल ८३ हजार ७३६ जना वैध आवेदकमध्ये ७६ हजार १२२ जनाले २० कित्ता र ७ हजार ६१४ जना आवेदकले १० कित्ता शेयरका दरले शेयर पाएका छन् ।

नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपिओ (IPO) शिर्षकभित्र रहेको आईपिओ रिजल्ट (IPO RESULT) मा जानुहोस् ।

त्यसपछि  आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी  माथिल्लो जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई १० कित्ता कि २० कित्ता आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ 

कम्पनीले कूल १६ लाख ९० हजार ४९० कित्ता शेयर निष्काशन गरेकोमा ८४ हजार ५२३ कित्ता म्युचुअल फण्ड र ७३६७ कित्ता शेयर कर्मचारीलाई छुट्टाएर १५ लाख ९८ हजार ५८० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरेको हो । 

आईपिओमा कूल ८३ हजार ७७० वटा आवेदनबाट ५९ लाख १७ हजार ५२० कित्ता अर्थात ३.७० गुणा बढी आवेदन परेको थियो । जसमध्ये ३४ आवेदनबाट परेको १० हजार ६३० कित्ता रद्ध भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

सर्वसाधारणमा बाँडफाँड हुने १५ लाख ९८ हजार ५८० कित्तामध्ये रितपूर्वक आवेदन दिने ८३ हजार ७३६ जना आवेदक सबैलाई न्यूनतम १० कित्ता बाँडफाँड गरिएको हो ।

यसरी बाँडेर बाँकी रहेको ७ लाख ६१ हजार २१० कित्ता शेयर ८३ हजार ७३६ जना आवेदकमध्ये गोलाप्रथाबाट ७६ हजार १२२ जनालाई थप १० कित्ता गरि २० कित्ता शेयर बाँडफाँड गरिएको हो ।

आईपिओ बाँडफाँडसँगै कम्पनीकाे चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले आर्थिक वर्षमा २०७६/७७ मा एक करोड ८९ लाख तथा आव २०७७/७८ मा दुई करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

यस्तै, कम्पनीले आव २०७६/७७ मा प्रतिशेयर आम्दानी ५ रुपैयाँ १२ पैसा र आव २०७७/७८ मा ६ रुपैयाँ ४ पैसा पुग्ने प्रक्षेपण छ ।




तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

Oct 26, 2025 11:01 AM

कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।