नेपाल एग्रो लघुवित्तको आईपिओ नतिजा यसरी हेर्नुहोस्

Apr 30, 2019 Tirtha Raj Poudyal



नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओ मंगलबार बिहान बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा लघुवित्तको आईपिओ बाँडफाँड गरिएको हो।

आईपिओ नतिजा हेर्नका लागि तलको लिङ्कमा गएर कम्पनीको नाम र १६ अंकको डिम्याट नम्बर राखेर सर्च गरि हेर्न सक्नुहुन्छ ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार उक्त आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम १५ हजार १२० आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको छ । दुई लाख ९९ हजार ८०५ आवेदकको हात खाली भएको छ।

आईपिओमा कूल ३ लाख १५ हजार ६३० आवेदन परेकोमा ७०५ आवेदकबाट परेको १४ हजार २६० कित्ताको आवेदन रद्ध भएको छ भने तीन लाख १४ हजार ९२५ आवेदकबाट परेको ६३ लाख ८८ हजार १३० कित्ताको आवेदन सदर भएको थियो।

नेपाल एग्रो लघुवित्तले वैशाख ८ देखि ११ गतेसम्म एक लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन गरेकोमा लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई छ्ट्टाएर एक लाख ५१ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। जसमा २ हजार ४८९ कित्ता लघुवित्तका ६६ जना कर्मचारीहरुलाई र ८ हजार ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई आरक्षित गरिएको थियो।

नेपाल एग्रोको आईपिओमा मागभन्दा ४२.३४ गुणा बढी आवेदन परेको थियो। आईपिओमा कूल ३ लाख १५ हजार ६३० वटा आवेदनबाट ६४ करोड २ लाख ३९ हजार रुपैयाँ बराबरको ६४ लाख २ हजार ३९० कित्ताको माग आवेदन परेको थियो।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।