शिवम् सिमेन्टको आईपिओ नतिजा मेरोलगानीमा

Mar 06, 2019 Merolagani

शिवम् सिमेन्ट (SCL) को आईपिओ नतिजा मेरोलगाीमा प्रकाशित भएको छ। कम्पनीकाे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले फागुन ६ देखि १४ गतेसम्म प्रिमियम मूल्यमा निष्काशन गरेको आईपिओ फागुन २२ गते बुधबार बाँडफाँड गरेको हो।

नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपिओ (IPO) शिर्षकभित्र रहेको आईपिओ रिजल्ट (IPO RESULT) मा जानुहोस् ।

त्यसपछि  आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी शिवम् सिमेन्ट लिमिटेड छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ

 

सर्वसाधारण निष्काशनकाे आईपिओ पाँच हजार २२० कित्तासम्म माग गरेका सर्वसाधारणले माग अनुसार नै शेयर पाएका छन्। यसभन्दा धेरै माग गर्ने आवेदकलाइ जति भरे पनि ५ हजार ६४० कित्ता शेयर बाँडफाँड गरिएको छ। यसरी बाँडफाँड गरेर बाँकी रहेको ११५ शेयर ६ हजार ५३० कित्तादेखि १० लाख कित्तासम्म आवेदन गरेका ३८ आवेदकमध्ये गोलाप्रथाबाट ११ जना आवेदकलाई १० कित्ताका दरले ११० कित्ता शेयर बाँडफाँड गरिएको हो। यसरी बाँकी रहेको ५ कित्ता शेयर फेरि तीनै आवेदकमध्ये गोलाप्रथाबाट थप १ कित्ताका दरले ५ जना आवेदकलाई बाँडफाँड गरिएको हो ।

यसअनुसार शिवम् सिमेन्टको आईपिओमा आवेदन गरेका सर्वसाधारणतर्फका लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ५ हजार ६५१ कित्तासम्म प्राप्त गरेका छन्।

उता स्थानीयतर्फ भने सबैले मागेजति शेयर पाएका छन् भने ९४ हजार ६९५ कित्ता अवितरित भएको छ । सो शेयर समेत सर्वसाधारणमा थपेर बाँडफाँड गरिएको हो। सर्वसाधारणमा ८ लाख ८० हजार कित्ता निष्काशन गरिएकोमा दुई चरणमा गरि ७ लाख ८५ हजार ३०५ कित्ता मात्र बिक्री भयो।

स्थानीयतर्फ कूल एक हजार ८९८ आवेदन परेकामा एक सय कित्ता माग गर्दै परेको एउटा आवेदन रद्ध भएको थियो। एक हजार ८९७ आवेदकले १५ कित्तादेखि एक लाख १५ हजार कित्तासम्म माग गरेका थिए । उनीहरुले माग अनुसार नै शेयर पाएका हुन्। स्थानीयतर्फ ९४ हजार ६९५ कित्ता शेयर अवितरित भएको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यपिटलले जनाएको छ ।

आयोजना प्रभावितका लागि ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरिएकोमा एक हजार ८९७ आवेदकलाई ७ लाख ८५ हजार ३०५ कित्ता शेयर बाँडफाँड भएको हो । स्थानीय तर्फ आवेदन नपरेकोले बाँकी ९४ हजार ६९५ कित्ता शेयर सर्वसाधारणलाई थपेर वितरण गरिएको छ ।

सामूहिक लगानी कोषलाई आरिक्षित २ लाख २० हजार कित्ता शेयरमध्ये ६० हजार कित्ता मात्र खरिद गरे भने शिवम् सिमेन्टका कर्मचारीले २ लाख २० हजार कित्ता नै किनेनन् । सो शेयर पनि सर्वसाधारणमा बाँडफाँड गरिएको हो।

सर्वसाधारणतर्फ निष्काशन गरेको ४१ लाख २० हजार कित्ता तथा स्थानीयले आवेदन नगरेको ९४ हजार ६९५ कित्ता र शिव सिमेन्टका कर्मचारीहरुलाई छुट्टाइएको २ लाख २० हजार कित्ता समेत गरि कूल ४४ लाख ३४ हजार ६९५ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको सर्वसाधारण तर्फ ५१ हजार ८९८ आवेदनबाट ५१ लाख ९० हजार ८६० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये १६ वटा आवेदनबाट परेको एक हजार ३०० कित्ता शेयर रद्ध भएको छ । आईपिओमा ५१ हजार ८८२ आवेदकबाट परेको ५१ लाख ८९ हजार ५६० कित्ता शेयर सदर भएको थियो।

शिवमले फागुन ६ गतेदेखि सर्वसाधारणमा अंकित मूल्य एक सय रुपैयाँमा २०० प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँका दरले ४४ लाख कित्ता र मकवानपुरबासीका लागि अंकित मूल्य एक सय रुपैयाँमा १०० प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले ५ लाख ७९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियो।

यसअघि नै कम्पनीले स्थानीयका लागि २ लाख २४० कित्ता बाँडफाँड गरेको थियो। स्थानीयको प्रिमियम घटेपछि यसअघि बाँडफाँडमा शेयर पाएका थप ५० प्रतिशतका दरले एक लाख १२० कित्ता शेयर प्रदान गरेको हो।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।