शिवम् सिमेन्टको आईपिओ: पाँच हजार २२० कित्तासम्म माग गर्नेले मागेजति पाए

Mar 06, 2019 Merolagani



शिवम् सिमेन्ट (SCL) को आईपिओमा पाँच हजार २२० कित्तासम्म माग गरेका सर्वसाधारणले माग अनुसार नै शेयर पाएका छन्। यसभन्दा धेरै माग गर्ने आवेदलाइ समानुपातिक रुपमा ५ हजार ६४० कित्ता शेयर बाँडफाँड गरिएकाे छ।

यसरी बाँडफाँड गरेर बाँकी रहेको ११५ शेयर ६ हजार ५३० कित्तादेखि १० लाख कित्तासम्म आवेदन गरेका ३८ आवेदकमध्ये गोलाप्रथाबाट ११ जना आवेदकलाई १० कित्ताका दरले ११० कित्ता शेयर बाँडफाँड गरिएको हो। यसरी बाँकी रहेको ५ कित्ता शेयर फेरि तीनै आवेदकमध्ये गोलाप्रथाबाट थप १ कित्ताका दरले ५ जना आवेदकलाई बाँडफाँड गरिएको हो ।

यसअनुसार शिवम् सिमेन्टको आईपिओमा आवेदन गरेका सर्वसाधारणतर्फका लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ५ हजार ६५१ कित्तासम्म प्राप्त गरेका छन् ।

सर्वसाधारणतर्फ निष्काशन गरेको ४१ लाख २० हजार कित्ता तथा स्थानीयले आवेदन नगरेको ९४ हजार ६९५ कित्ता र शिवम् सिमेन्टका कर्मचारीहरुलाई छुट्टाइएको २ लाख २० हजार कित्ता समेत गरि कूल ४४ लाख ३४ हजार ६९५ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको सर्वसाधारण तर्फ ५१ हजार ८९८ आवेदनबाट ५१ लाख ९० हजार ८६० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये १६ वटा आवेदनबाट परेको एक हजार ३०० कित्ता शेयर रद्ध भएको छ ।

आईपिओमा ५१ हजार ८८२ आवेदकबाट परेको ५१ लाख ८९ हजार ५६० कित्ता शेयर सदर भएको थियो।

शिवमले फागुन ६ गतेदेखि सर्वसाधारणमा अंकित मूल्य एक सय रुपैयाँमा २०० प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँका दरले ४४ लाख कित्ता र मकवानपुरबासीका लागि अंकित मूल्य एक सय रुपैयाँमा १०० प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले ५ लाख ७९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियाे।

यसअघि नै कम्पनीले स्थानीयका लागि २ लाख २४० कित्ता बाँडफाँड गरेको थियो। स्थानीयको प्रिमियम घटेपछि यसअघि बाँडफाँडमा शेयर पाएका थप ५० प्रतिशतका दरले एक लाख १२० कित्ता शेयर प्रदान गरेको हो।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।