इन्फिनिटी लघुवित्तको आईपिओ बाँडफाँड, १९% आवेदकले पाए १० कित्ता,मेराेलगानीमा नतिजा हेर्नुहाेस्

Jun 05, 2019 Tirtha Raj Poudyal



इन्फिनिटी लघुवित्त (INFINITY) ले सर्वसाधारणलाई निष्काशन गरेको प्राथामिक शेयर (आईपिओ) कूल आवेदकको १९.११ प्रतिशत आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका छन्।

लघुवित्तको बिक्री प्रबन्धक सिभिल क्यापिटलका कार्यालय सुन्धारामा बुधबार बिहान १० बजे गरिएको बाँडफाँडमा अत्याधिक आवेदनका कारण ८०.८९ प्रतिशत आवेदकले भने आईपिओ प्राप्त गर्न सकेनन्।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ६२ हजार ९९३ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले सर्वसाधारणमा निष्काशन गरिएको ६ लाख २९ हजार ९३० कित्ता शेयर बाँडफाँड गरिएको छ ।

कूल ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन भएकोमध्ये ३३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई बाँडफाँड गरिएको छ।

क्यापिटलका अनुसार इन्फिनिटी लघुवित्तको आईपिओमा कूल ३ लाख २९ हजार ७०६ वटा आवेदनबाट कूल ६९ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ६९ लाख ४७ हजार १५० कित्ताको आवेदन परेको थियो। जुन सर्वसाधारणमा निष्काशन भएको शेयरको ११.०३ गुणा बढी हो।

कूल आवेदनमध्ये ६२७ वटा आवेदनबाट परेको १७ हजार २४० कित्ता शेयरको माग रद्ध भएको छ भने ३ लाख २९ हजार ७९ वटा आवेदनबाट परेको ६९ लाख २९ हजार ९१० कित्ताको आवेदन सदर भएको थियो।

लघुवित्तले जेठ १३ देखि १६ गते बिहीबारसम्म जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५० प्रतिशत आईपिओ निष्काशन गरेको थियो।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।