जनसेवी लघुवित्तको आईपिओ बाँडफाँड, ८७ प्रतिशतले पाएनन्

May 20, 2019 Merolagani



जनसेवी लघुवित्त वित्तीय संस्था (JSLBSL) को साधारण शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएबि क्यापिटलमा उक्त आईपिओ बाँडफाँड भएको हो ।

लघुवित्तमा आवेदन गरेका कूल ३ लाख ३४ हजार ८७४ जना आवेदकमध्ये १२.९३ प्रतिशत अर्थात ४३ हजार २९९ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन्। 

उच्च आवेदनका कारण आईपिओमा आवेदक गरेका बाँकी ८७.०७ प्रतिशत अर्थात दुई लाख ९१ हजार ५७५ आवेदकले शेयर प्राप्त गर्न नसकेका हुन्। आईपिओमा १४.०४ गुणा बढी आवेदन परेको थियो।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ३ लाख ३४ हजार १९७ वटा आवेदनबाट परेको ६० लाख ६६ हजार ५८० कित्ता माग सदर भएको थियो भने ६७७ वटा आवेदनबाट परेको १२ हजार ५६० कित्ताको माग रद्ध भएको छ।

कम्पनीले बैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा ४ लाख ३२ हजार ९९० कित्ता आईपिओ निष्काशन गरेको थियो। निष्काशित आईपिओ २३ हजार १६५ कित्ता सामूहिक लगानी कोषकाहरु र ७ हजार १४५ कित्ता लघुवित्तका कर्मचारीलाई बाँडफाँड गरिएको छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।