स्वाभिमान लघुवित्तको आईपिओ बाँडफाँड हुँदै, ९५% आवेदको हात खाली हुने

May 19, 2019 Merolagani



स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपिओ जेठ ५ गते आइतबार (आज) १० बजे शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड हुँदैछ । उच्च मागका काराण लघुवित्तको आईपिओ ५ प्रतिशत आवेदकले मात्र पाउने भएका छन् ।

शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार स्वाभिमान लघुवित्तको आईपिओमा ३ लाख २७ हजार ४४७ आवेदकबाट ६० लाख ६१ हजार ७७० कित्ता अर्थात ६० करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा लघुवित्तको आईपिओ १८ हजार ५५९ जनाले गोलाप्रथाबाट प्राप्त गर्नेछन् । यो कुल आवेदकको ५.६६ प्रतिशत मात्र हो ।

बाँकी ९४.३४ प्रतिशत आवेदकले भने शेयर प्राप्त गर्न नसक्ने देखिन्छ ।

स्वाभिमान लघुवित्तले जारी पूँजीको ३२.११ प्रतिशत बराबरको एक लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन गरेको हो। कूल निष्काशित सर्वसाधारण शेयरमध्ये कर्मचारीलाई र सामुहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशन गरिएको थियो।

रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमानको हाल ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने आईपिओ निष्काशन पश्चात ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।