जनसेवी लघुवित्तको आईपिओ बाँडफाँड सोमबार दिउँसो,१३% आवेदकले मात्र पाउने

May 19, 2019 Merolagani



जनसेवी लघुवित्त वित्तीय संस्था (JSLBSL) को आईपिओ जेठ ६ गते सोमबार दिउँसो ३ बजे बाँडफाँड गर्ने मिति तय भएको छ। लघुवित्तको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलको केन्द्रिय कार्यालय नगपोखरीमा शेयर बाँडफाँड हुने जनाएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम लघुवित्तको आईपिओ उच्च आवेदनका कारण गोलाप्रथाबाट ४३ हजार २९९ जना आवेदकले मात्र लघुवित्तको आईपिओ पाउनेछन्। यो संख्या आईपिओमा आवेदन गरेका करिब १३ प्रतिशत मात्र हो। 

आईपिओमा आवेदन गरेका बाँकी ८७ प्रतिशत आवेदकको हात रित्तो हुने देखिन्छ। आईपिओमा १४.२८ गुणा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार ३ लाख ३८ हजार आवेदकबाट लघुवित्तको आईपिओमा ६१ लाख ८१ हजार कित्ता शेयर माग भएको छ ।

कम्पनीले बैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा ४ लाख ३२ हजार ९९० कित्ता आईपिओ निष्काशन गरेको थियो। निष्काशित आईपिओ २३ हजार १६५ कित्ता सामूहिक लगानी कोषकाहरु र ७ हजार १४५ कित्ता लघुवित्तका कर्मचारीलाई आरक्षित गरिएको छ ।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।