आँधिखोला लघुवित्तको आईपीओ बाँडफाँड, ८७.५२% आवेदकले शेयर पाएनन्

Jul 15, 2019 10:20 AM Merolagani



आँधिखोला लघुवित्त वित्तीय संस्थाले असार २२ देखि २५ गतेसम्म सर्वसाधारणको लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ता शेयर बाँडफाँड भएको छ। लघुवित्तको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो।

आईपीओमा कूल ३ लाख ९९२ वटा आवेदनबाट सर्वसाधारणमा माग भएको १४ गुणा बढी अर्थात ५२ लाख ५० हजार ६३० कित्ता माग परेको थियो। जसमध्ये आवेदन गरेका ५७९ वटा आवेदनबाट परेको ८ हजार ९७० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धकले जनाएको छ। लघुवित्तको आईपिओमा आवेदन गरेका ३ लाख ४१३ वटा आवेदनबाट परेको ५२ लाख ४१ हजार ६६० कित्ता शेयरको माग सदर भएको थियो।

३ लाख ४१३ वटा आवेदनमध्ये ३७ हजार ५०० जना आवेदकलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ। यो कूल आवेदक संख्याका १२.४८ प्रतिशत मात्र हो। उच्च मागका कारण आईपीओमाा आवेदन गरेका ८७.५२ प्रतिशत अर्थात दुई लाख ६२ हजार ९१४ जनाले शेयर प्राप्त गर्न सकेनन्।

लघुवित्तले असार २२ देखि २५ गतेसम्म कूल कूल ४ लाख कित्ता शेयर निष्काशन भएकोमा लघुवित्तका कर्मचारीहरूका लागि ५ हजार र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता शेयर छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन माग गरिएको थियो।

आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ भने संस्थापक साधारण शेयर अनुपात ६०ः४० कायम भएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।