स्वाभिमानको आईपिओ: १८ हजार ५५८ लाई १०, भाग्यमानी ७ आवेदकले पाए ११ कित्ता

May 19, 2019 Merolagani



स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMBSL) को आईपिओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा जेठ ५ गते आइतबार (आज) १० बजे बाँडफाँड भएको छ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड भएको लघुवित्तको आईपिओ १८ हजार ५५८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका छन् भने २० देखि पाँच हजार कित्तासम्म आवेदन गरेका भाग्यमानी ७ आवेदकले ११ कित्ता शेयर पाएका छन्।

शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार स्वाभिमान लघुवित्तको आईपिओमा ३२.५० गुणा बढी कूल ३ लाख २७ हजार ४८६ आवेदकबाट ६० लाख ३१ हजार ११ कित्ता बराबरको ६० करोड ११ लाख ११ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो।

जसमध्ये ३ लाख २७ हजार ४८६ जनाबाट ६० लाख २४ हजार ७६० कित्ताको आवेदन सदर भएको थियो भने आईपिओमा आवेदन गरेका २३० जनाको ६ हजार ३४० कित्ताको आवेदन विविध कारणले रद्ध भएको छ ।

स्वाभिमान लघुवित्तले जारी पूँजीको ३२.११ प्रतिशत बराबरको एक लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन गरेको हो। कूल निष्काशित सर्वसाधारण शेयरमध्ये कर्मचारीलाई र सामुहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशन गरिएको थियो।

रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमानको आईपिओ बाँडफाँड पश्चात कम्पनीको ६ करोड १८ लाख रुपैयाँ चुक्ता पूँजी पुगेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।