शिवम् सिमेन्टको आईपिओ स्थानीयलाई माग अनुसार नै बाँडफाँड,९४ हजार ६९५ कित्ता सर्वसाधारणमा थपियाे

Mar 06, 2019 Merolagani



शिवम सिमेन्ट (SCL) को आईपिओ आयोजना प्रभावितले माग अनुसार नै पाएका छन्। कम्पनीले कूल ८ लाख ८० हजार कित्ता शेयर स्थानीय बासिन्दाका लागि निष्काशन गरेकोमा एक हजार ८९७ आवेदकले माग अनुसार नै शेयर प्राप्त गरेका छन् ।

स्थानीय तर्फ कूल एक हजार ८९८ आवेदन परेकामा एक सय कित्ता माग गर्दै परेको एउटा आवेदन रद्ध भएको थियो ।

एक हजार ८९७ आवेदकले १५ कित्तादेखि एक लाख १५ हजार कित्तासम्म माग गरेका थिए । उनीहरुले माग अनुसार नै शेयर पाएका हुन् ।

स्थानीयतर्फ ९४ हजार ६९५ कित्ता शेयर अवितरित भएको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यपिटलले जनाएको छ । आयोजना प्रभावितका लागि ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरिएकोमा एक हजार ८९७ आवेदकलाई ७ लाख ८५ हजार ३०५ कित्ता शेयर बाँडफाँड भएको हो ।

स्थानीय तर्फ आवेदन नपरेकोले बाँकी ९४ हजार ६९५ कित्ता शेयर सर्वसाधारणलाई थपेर वितरण गरिएको छ ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।