विकास बैंक र फाइनान्सको स्प्रेड घटाउने समय थप, सिसिडीमा पनि सहुलियत

Dec 06, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीहरुलाई स्प्रेड दर घटाउने समय तीन महिना थप गरेको छ । केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै 'ख' र 'ग' वर्गका वित्तीय संस्थाहरुलाई थप सहुलियत दिएको हो ।

यसअघि राष्ट्र बैंकले २०७५ असोज मसान्तसम्म स्प्रेड दर ५ प्रतिशतभित्र ल्याउन सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो । जसलाई राष्ट्र बैंकले परिमार्जन गर्दै तीन महिना अवधि थप गरेको हो ।

अब राष्ट्रिय स्तरका विकास बैंक र फाइनान्स कम्पनीहरुले पुस मसान्तसम्म स्प्रेड दर ५ प्रतिशतमा झार्नुपर्नेछ। तर राष्ट्रिय स्तरका बाहेकका वित्तीय संस्थाहरुले भने २०७६ असारसम्म स्प्रेड दर ५ प्रतिशतभित्र कायम गर्नुपर्नेछ ।

सिसिडीमा सहुलियत

साथै राष्ट्र बैंकले कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) मा पनि लचकता अपनाएको छ।

अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्य्बिधि बमोजिम प्रवाह गरेको ऋणलाई सिसिडी गणनाबाट घटाउन सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।