अनलाइन प्रणाली २२ जना लगानीकर्ताको हातमा पुग्यो, तीन जनाले गरे कारोबार

Dec 12, 2018 Merolagani



नेपाल स्टक एक्सचेञ्ज नेप्सेले शेयर बजारका लगानीकर्तालाई पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पहूँच प्रदान गरेको चार दिनमा २२ जना लगानीकर्ता आवद्ध भएका छन् । यसबीचमा तीन जना लगानीकर्ता मात्रै कारोबारमा सहभागि भएको नेप्सेले जनाएको छ ।

नेप्सेले मंसिर २३ गते आइतबारदेखि शेयर बजारका लगानीकर्तालाई पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पहूँच प्रदान गर्न थालेको थियो ।

पूर्ण अनलाइन कारोवार प्रणाीको पहुँच लगानीकर्तासम्म पुर्याएको चार दिनमा जम्मा २२ जना लगानीकर्ताले मात्र अनलाइन कारोवारका लागि यूजर नेम र पासवर्ड लिएको रहितग्राही खातापनि एकीकृत भएका २२ जना मध्ये तीन जनाले मात्र कारोवार गर्न थालेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

नेप्सेले तयारी गरेको अनलाइन प्रणालीमा पटक पटक समस्या आएपछि अनलाइनमा लगानीकर्ताको सोचे अनुरुपको आकर्षण नदेखिएको हो ।

अनलाइनको यूजर नेम र पासवर्ड माग गर्ने कतिपय लगानीकर्ताको हितग्राही खाता सम्वन्धि पूणरुपमा उपलव्ध नभएको, एउटै हितग्राही खाता बिभिन्न शेयर सदस्यकोमा देखिन आएकोले ती बिवरण सच्याउन थालिएको पराजुलीले बताए ।

अनलाइन प्रणलीमा आवद्ध हुनेहरुलाई सिडिएस प्रणालीसँग पनि एकीकृत गरि यूजर र पासवर्ड दिने गरेको नेप्सेले जनाएको छ । साथै नेप्सेले आफ्ना डिम्याट खातामा रहेको बिवरण दुरुस्त बनाएर मात्र अनलाइन प्रणालीको प्रकृया थाल्न लगानीकर्तालाई अनुरोध गरेको छ ।

साथै नेप्सेले आगमी पुष १७ गतेदेखि क्लियरिङ बैंकलाई समेत एकीकृत गराई पूर्ण स्वचालित अनलाइन प्रणाली मार्फत कारोबार गर्ने तयारी भइरहेको जनाएको छ ।

 




निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।