बैंकिङ्ग प्रणालीसँग जोडियो अनलाइन कारोबार, यस्तो आयो नेप्सेको थप प्रष्टिकरण

Jan 01, 2019 Merolagani

गत मंसिर २३ गतेदेखि अनलाइन मार्फत शेयर कारोबार प्रणालीको सुरुवात गरेको नेप्सेले आज (पुस १७ गते) देखि बैंकिङ्ग प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार प्रणाली सुरु गरेको छ। साथै नेप्सेले विज्ञप्ती जारी गर्दे अनलाइन कारोबार बारे लगानीकर्तालाई थप प्रष्ट पारेको छ ।

एक हितग्राही खातासँग एउटा मात्रै कारोबार खाता आवद्ध गर्ने

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार लगानीकर्ताहरुले बढीमा दुई वटा निक्षेप खाता (हितग्राही) मात्र खोल्न सक्छन् । यस अवस्थामा एउटा हितग्राही खातालाई सदस्य दलालसँगको कारोबारका लागि खोलिएको एउटा कारोबार खातासँग आबद्ध गर्न आग्रह गरिएको नेप्सेले जनाएको छ । यसको अर्थ एउटा हितग्राही खातालाई धेरै कारोबार खातासँग आवद्ध नगरौ भन्ने हो । कारोबाको द्रुत गति, लगानीकर्ताको पहिचान तथा जोखिम व्यवस्थापनलाई सुनिश्चित गर्ने उदेश्यले यो व्यवस्था गरिएको हो ।

राफसाफ बैंकमा खाता खोल्ने 

तोकिएको राफसाफ बैंक मार्फत कारोबार अघि तथा पछिको रकमान्तर मिलाउने व्यवस्था अन्तराष्ट्रिय अभ्यास हो ।

अन्य किसिममा खातामा रकमको विद्युतीय हस्तान्तरणका लागि नेपाल राष्ट्र बैंकबाट सीमा निर्धारण भएको छ भने धितोपत्र कारोबारमा यस्तो सीमा लागु हुँदैन । त्यसैले तोकिएका राफसाफ बैंकमा धितोपत्र कारोबार प्रयोजनको लागि बैंक खाता खोली प्रयोगमा ल्याउँदा लगानीकर्ता लगायत सम्बद्ध पक्षलाई सुविधा हुने अपेक्षा नेप्सेकाे छ।

भविष्यमा रकमको विद्युतीय हस्तान्तरण गर्न सक्ने सबै बैंकबाट धितोपत्र कारोबारको राफसाफ हुने गरी व्यवस्था गर्न लागिएको जानकारी गराएको छ ।

‘कारोबार सदस्य ग्राहक सम्झौता’ गर्ने ।

अनलाइन कारोबार प्रणलीमा पहुँचका लागि लगानीकर्ताले ब्रोकरसँग अनिवार्य रुपमा सम्झौता गर्नैपर्छ । यो सम्झौता लगानीकर्ता र ब्रोकरको लागि कारोबारको वित्तीय सुरक्षा सुनिश्चित गर्ने गरी तयार गरिएको छ ।

यस्तो सम्झौता गरेर लगानीकर्ताहरुलाई युजर नेम तथा पासवर्ड उपलब्ध गराउन सबै सदस्य दलाललाई नेप्सेले निर्देशन दिइसकेको छ । सदस्य दलालको मुख्य कार्यालय र शाखा कार्यालयहरुमा गई यस्तो सम्झौता गर्न सकिन्छ ।

ब्रोकरबाट कारोबार सीमा लिने

लगानीकर्ताले आफ्नो लगानी योजना अनुसार ब्रोकरकोमा रकम जम्मा गरेपछि लगानीकर्ता र ब्रोकरबीचमा भएको सम्झौतामा तोकिएको अनुपातमा कारोबार गनृ पाउँछन् । कारोबार भइसकेपछि रकम थप्नुपर्ने भए थप्ने र फिर्ता लिनुपर्ने भए फिर्ता लिने गर्न सकिन्छ । यस्तो कारोबारको सीमा समग्र बजार जोखिम व्यवस्थापनका लागि गरिएको व्यवस्था हो । कारोबार सीमामा गरिएको यस्तो व्यवस्थालाई बजारको अवस्था अनुसार हेरफेर गर्न सकिने अन्तराष्ट्रिय अभ्यास हो र प्रचलित नियमले पनि यहि मार्ग निर्देशन गरेको छ ।

धितोमा रहेको वा रोक्का धितोपत्र बिक्री नगर्ने

नेप्सेले हितग्राही खातामा रहेको फ्रि व्यालेन्स मात्र प्रयोग गर्न लगानीकर्ताहरुलाई आह्वान गरेको छ । कारोबार पछिको राफसाफ तथा फछ्र्यौंटमा कुनै समस्या नआओस भन्ने हेतुले जोखिम व्यवस्थापन कै एक अंगको रुपमा यो व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो । तसर्थ लगानीकर्ताले धितो राखेको वा रोक्का रहेको धितोपत्र बिक्री गर्न हुदैन ।

कारोबार गर्न अनलाइन ट्रेडिङ्ग अनिवार्य हो ?

होइन, साविकमा झै ब्रोकर अफिसबाट कारोबार गर्न सकिन्छ , अनलाईन सिस्टम दोस्रो बजार कारोबारमा लगानीकर्तालाई सहजता होस भन्ने उदेश्यले ल्याएको थप सुविधा हो । लगानीकर्तालाई साबिकमा झै कारोबार गर्न वा अनलाइन सुविधा लिएर कारोबार गर्ने भन्न छनोट उपलब्ध छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।