नेप्से सूचक र कारोबार दुबै घट्यो, ३८ करोड ७२ लाखको कारोबार

Dec 19, 2018 Merolagani



आइतबार र सोमबार दोहोरो अंकले बढेको शेयर बजार परिसूचक नेप्से मंगलबारपछि बुधबार पनि घटेको छ। बुधबार नेप्से ५.४६ अंकले घटेर ११६२.७० अंकमा झरेको हो। त्यसैगरी मंगलबारको तुलनामा कारोबार रकम पनि साढे १४ करोड रुपैयाँले घटेको छ।

बुुधबार 'क' वर्गका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स पनि १.२६ अंकले घटेर २४७ अंकमा झरेको छ । यस दिन १५८ कम्पनीका १३ लाख दुई हजार ८२२ कित्ता शेयर ३८ करोड ७२ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । मंगलबार ५३ कराेड २३ लाख बराबरकाे काराेबार भएकाे थियाे । 

कारोबारमा आएका १० उप सूचक मध्ये बढेका छन् भने ६ उप समूहको सूचक नकारात्मक बनेका छन्। निर्जीवन बीमाको सूचक सबैभन्दा धेरै १७.६९ अंकले बढेको छ । विकास बैंक १४.९७, उत्पादन २.३३ र वित्त १.०३ अंकले सकारात्मक भएको छ ।

जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ३६.५६ अंकले ओरालो लागेको छ । बैंकिङ्ग ८.६५, लघुवित्त ५.९३, होटल ५.५४, जलविद्युत २.१३ र अन्य समूहको सूचक ०.२४ अंकले ओरालो लागेको हो ।

ब्ुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको छ भने कारोबार भएको कित्ताको आधारमा ग्लोबल आइएमई बैंकको संस्थापक समूहको शेयर बढी रहेको छ ।

नेपाल लाइफको ३७ हजार १२० कित्ता शेयर तीन करोड ५२ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । यता ग्लोबल आइएमई बैंकको संस्थापक समूहको एक लाख २६ हजार ९६६ कित्ता शेयर दुई करोड २८ लाख रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरि काबेली विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशतले बढेको छ । विजय लघुवित्त र गरिमा विकास बैंकको शेयरधनीले ६ प्रतिशत भन्दा बढीले नाफा बुक गरेका छन् । नेपाल सेवा लघुवित्त ५.८५, लम्बिनी विकास बैंकको संस्थापक शेयर ४.५५, र गोर्खाज फाइनान्सको शेयरमूल्य ४ प्रतिशतले बढेको छ ।

यता ङादी ग्रुप पावरको शेयरधनीले बुधबारको बजारमा सबैभन्दा धेरै ७.३१ प्रतिशतले
गुमाएका छन् । हिमालयन बैंक ६.८४, एनएमबि माईक्रोफाइनान्स ५.६१, आरएमडिसी लघुवित्त ५.०८ र र्मिमिरे लघुवित्तको शेयरमूल्य ४.७ प्रतिशतले घटेको छ ।

साथै मिथिला लघुवित्त, स्वरोजगार लघु्वित्त, नेशनल लाइफ इन्स्योरेन्स नेशनल माईक्रोफाइनान्स र फस्ट माइक्रोफाइनान्सको शेयर मूल्य तीन प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।