नेप्से सूचक ११ अंकले घट्यो, कारोबारमा २८ करोड ७६ लाख कमी

Feb 02, 2019 Merolagani



धितोपत्र बजारमा यस साता कारोबार मापक नेप्से परिसूचक ११.१५ अंकले घटेको छ। आइतबार ११७२.७८ अंकमा खुलेको नेप्से सूचक ०.९५ प्रतिशतले घट्दा साताको अन्तिम दिन बिहीबार ११६१.६३ बिन्दुमा झरेको हो। साथै कारोबार रकम पनि गत साताको तुलनामा १७.७९ प्रतिशतले घटेको छ ।

यस साता स्टकमा कूल १८८ कम्पनीका ४५ लाख ७२ हजार ८६० कित्ता शेयर एक अर्ब ३३ करोड ८१ लाख ८० हजार रुपैयाँमा खरिद बिक्री भएका छन्।

गत साताको तुलनामा कारोबार रकम १७.६९ प्रतिशत अर्थात २८ करोड ७६ लाख रुपैयाँले घटेको हो। गत साता १८६ कम्पनीका ५५ लाख ४८ हजार ५४० कित्ता शेयर एक अर्ब ६२ करोड ५७ लाख ८० हजार रुपैयाँमा कारोबार भएको थियो । यस साता औसतमा दैनिक २६ करोड ७६ लाख बराबरको कारोबार भयो ।

समूहगत उपसूचकमा यस्तो देखियो उतारचढाव

गत साताको तुलनामा यस साता नेप्से सूचक ऋणात्मक बन्दा ११ उप समूहमध्ये ९ उप समूह ऋणात्मक बनेका छन् ।

यस साता लघुवित्त र ब्यापार उप सूचक मात्र सकारात्मक रहेका छन् भने निर्जीबन बीमा कम्पनीको उप सूचक सबैभन्दा धेरै १०१.१४ अंकले घटेको छ । जीबन बीमा, वित्त, निर्जीवन बीमा, बैंकिङ्ग, अन्य, जलविद्युत, विकास बैंक, होटल्स्, उत्पादन तथा प्रशोधनको सूचक पनि ऋणात्मक बनेका छन् ।

बजार पूँजीकरण १३ अर्ब ६० करोड घट्यो

नेप्से घटेसँगै एक साता अवधिमा शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापन गर्ने बजार पूँजीकरण ०.९५ प्रतिशत घटेर १४ खर्ब १७ अर्ब २१ करोड रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो बिहीबार (माघ १० गते) कूल बजार पूँजीकरण १४ खर्ब ३० अर्ब ८० करोड रुपैयाँमा रहेको थियो । सूचक घटेसँगै गत हप्ताको तुलनामा यो हप्ता बजार पूँजीकरण १३ अर्ब ६० करोडले गिरावट आएको हो।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।